शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार वर्वाद भयो भन्दै फेरि आयो अर्को म्युजिक भिडियो

शुक्रबार, ३१ जेठ २०७६, १३ : ००
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौँ –पत्रकार गिरिजा अधिकारीको शब्द रहेको ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको हो । डान्स ग्रुप भीमफेदी गाइज् को फिचरिङ रहेको गीतमा देबेन्द्र कार्कीले स्वर दिएका छन् ।

गीतमा विकास पाण्डेले संगीत गरेका हुन् भने रिकेश गुरुङको एरेन्ज छ । पवन शुसलिङले छायाङ्कन गरेको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । सार्वजनिक गरिएको म्युजिक भिडियो समसामयिक नेपाली परिवेशमाथि केन्द्रीत छ ।

म्युजिक भिडियोको अन्त्यमा गीत पूरा नसकिँदै काटिएको छ । जनताको आवाज दबाउन सरकारको हस्तक्षपको रुपमा सो दृश्य राखिएको गीतकार गिरिजाले बताए ।

यस अघि पुष्पण प्रधानको स्वरमा अधिकारीकै शब्द, पाण्डेको संगीत र लामाको निर्देशनमा रहेको ‘ए सरकार’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप