शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बसमा चेकजाँच गर्दा ब्राउन सुगर भेटियो, ४ जना पक्राउ

शुक्रबार, ३१ जेठ २०७६, १३ : ०६
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौँ । काठमाडौँको नागढुंगाबाट आगुऔषध ब्राउन सुगरहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख २९४१ नम्बरको बसलाई चेकजाँच गर्दा उनीहरुसँग ३२.६५ ग्राम ब्राउन सुगर फेला परेको हो ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-६ का रबिन थापा र सोही उपमहानगरपालिका वडा न. १३ का बिबेक बस्नेत रहेका छन् ।

सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगंजकै शशांक मल्ल र बिसाल रंजितलाई काठमाडौँको कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाले घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप