बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मैत्रीबाल अस्पतालमा उपचारको क्रममा शिशुको मृत्यु प्रकरणः दोषमाथि कारबाही गर्न माग

शुक्रबार, ३१ जेठ २०७६, १५ : ४२
शुक्रबार, ३१ जेठ २०७६

 काठमाडौँ–मैत्रीबाल अस्पतालमा उपचारको क्रममा एक ५ महिने शिशुको मृत्यु भएपछि पीडित परिवार तथा आफन्तले दोषीमाथि कारबाही गर्न माग गरेका छन् । 

हेटाैडा बस्ने नितिन श्रेष्ठको ५ महिने छोरीलाई ज्वरो आएपछि जेठ २१ गते मैत्री बाल अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । 

 उपचारबाट स्वास्थ्यमा सुधार आएको भनिएपनि शिशुको जेठ २६ गते एकाएक निधन भएपछि परिवार अहिले तनावमा छन् । पीडित परिवारले अस्पतालको गल्ती भएको गल्तीले शिशुको मृत्यु भएको आरोप लगाएका छन् । 

अस्पतालले २६ गते शिशुको ढाडबाट पानी झिकेपनि २४ गतेको मिति राख्नु, शिशुको निधन भएको धेरै समयपछि जानकारी गराउनुले आशंका उत्पन्न भएको पीडित परिवारले जनाएको छ । 

आफन्तले अहिले घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग गर्दै प्रहरी र नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन् । 

यता अस्पतालले भने शिशुमा मुटुको समस्याको कारणले मृत्यु भएको जनाएको छ । यद्यपि अस्पतालले थप कुरा बताउन चाहेन । 

अस्पताल प्रशासनकी सिर्जना आचार्यले काउन्सिलमा मुद्दा दर्ता भएको हुँदा काउन्सिलबाट आएको निर्देशनलाई अस्पतालले पालना गर्ने बताइन् । 

शिशुको मृत्यु अस्पतालको गल्ती या अरुनै कारणले भएको हो भन्ने कुरा काउन्सिलको रिर्पाेट आए पछि मात्रै थाहा थाहा हुने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप