शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

शुक्रबार, ३१ जेठ २०७६, १५ : ४७
शुक्रबार, ३१ जेठ २०७६

पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ । ५० श्ययाको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकारेका छन् । 

पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको कोइरालाको भनाइ छ । त्यो मात्रै होइन अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ । अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत खाली छ । 

अस्पतालका सूचना अधिकृत कोइरालाका अनुसार अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने ७० किसिमका औषधि नियमित दिने गरेको छ । उहाँले प्रशासकीय कर्मचारीको अभाव भए पनि आफूले उपलब्ध हुने अस्पतालका सेवा सुविधाका बारेमा निगरानी गरिरहेको बताए । 

कालीगण्डकीबेशीका करीब २०० को हाराहारीमा बिरामीले स्वास्थ्य उपचारका निम्ति आउने अस्पतालमा अहिले सात जनामध्ये एमबिबिएस डाक्टरमध्ये चार स्थायी र तीन करारले सेवा दिँदै आएका छन् । अस्पतालमा अहिले तीन स्टाफनर्स, चार अनमी, एक नर्सिङ अधिकृत, चार एचए, ल्याबमा पाँच, फार्मेसीमा दुई तथा पाँच जना सहयोगीले सेवा दिएका छन् ।

भिडियो एक्स–रे तथा एक्स–रे सेवा पाइने भए पनि भिडियो एक्स–रेका निम्ति स्थानीय निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । 

अस्पतालमा आउने बिरामी अधिकांशले सरकारले दिनेभन्दा फरक केही औषधि चाहिए निजी क्लिनिकमा धाउनुपर्ने बाध्यता भने केही समय अगाडि अस्पताल हातामै फार्मेसी सञ्चालन भएपछि सजिलो भएको रामपुरका फडेश्वर गौतमले बताए ।

अस्पतालमा आउने अधिकांश बिरामीले शल्यक्रिया तथा भिडियो एक्स–रे सेवा नहुँदा लामो समय खर्चेर जिल्ला सदरमुकाम तानसेन तथा रुपन्देही, बुटवल तथा कास्कीपोखरा पुग्नु परेको गौतमको भनाइ छ ।

म्याद थप गरेर डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने अस्पतालको करीब ७० प्रतिशत काम सकिएको छ । करीव रु १९ करोडको लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनीयर जितेन्द्र चौधरीले जानकारी भयो । अस्पताल निर्माण कार्य सकिएपछि भने स्वास्थ्य सेवा उपलब्ध हुने सर्वसाधारणको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप