बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नाइँ म डेट जाँदिनँ – मोडल सोमिया

शुक्रबार, ३१ जेठ २०७६, १६ : ०२
शुक्रबार, ३१ जेठ २०७६

सोमिया समत कलाकारिता क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । तर उनले राम्रै फड्को मार्न सफल भएकी छन् । २०७३ बाट कलायात्रा सुरु गरेकी उनले थिएटर, म्युजिक भिडियो, विज्ञापन र चलचित्र क्षेत्रमा समेत आफ्नो प्रतिभा देखाइसकेकी छन् । प्युठानको झिम्रुक गाउँपालिका–२ की स्थायी बासिन्दा उनले थिएटर अभिनय राष्ट्रिय नाचघरबाट सिकेकी हुन् ।

म्युजिक भिडियोमा मोडलिङ भने उनले थपेन्द्र रावलको ‘मिल्छ भने गीत’बाट थालेकी थिइन् । दर्जनभन्दा बढी म्युजिक भिडियो, दुई दर्जन विज्ञापन चलचित्र र केही थिएटर अभिनय गरेकी सोमियाले डियर जिन्दगीलगायत एक दुईवटा सानो पर्दाको शृङ्खलामा समेत काम गरेकी छन् । सानैदेखि कलाकारितामा रुचि भएको बताउने उनी अभिनयबाट चर्चित हुन चाहन्छिन् । यिनै मोडल सोमियासँग रातोपाटीको दस प्रश्न ।

कलाकारिता किन रोज्नुभयो ?

–म सानैदेखि फिल्म हेर्थें । हलमा जान पाइन भने पनि सीडी, डीभीडी किनेर हेर्ने गर्थें । त्यसरी फिल्म हेर्दाहेर्दै अभिनयप्रति रुचि बढ्यो । आफ्नो रुचिको विषय भएपछि केही गर्नुपर्छ भनेर कलाकारितामा प्रवेश गरेकी हुँ ।

कलाकारितामा परिवारका अन्य सदस्य छन् कि ?

–छैनन्, म मात्र एक हुँ । परिवारका अन्य सदस्य सबै टिचिङ पेसामा छन् ।

आफ्नो सौन्दर्यतिर कति ध्यान दिनुहुन्छ ?

– म सिम्पल रहन रुचाउँछु । पार्टी, विशेष कार्यक्रमलगायतमा जानुपर्यो भने हल्का मेकअप गर्छु । सन्सक्रिम, गाजल र लिपस्टिक मेरा नियमित मेकअप हुन् ।

मनपर्ने पहिरन ?

क्याजुअल पहिरन नै मनपर्छ । क्याजुअलमा पनि धेरै मनपर्ने भनेको पाइन्ट र सर्ट हो । म हट एन्ड ब्युटी भने स्कटमा देखिन्छु ।

सपना ?

–अभिनयमा आएकी छु । यो क्षेत्रबाटै नाम र दाम कमाउने सपना छ ।

नृत्य गर्न आउँछ ?

– म सानैदेखि नृत्य गर्थें । त्यसैले धेरै राम्रो भन्दिनँ । ठिकठिकै नाच्न सक्छु ।

मनपर्ने खाना ?

सिम्पल, दालभात, तरकारी ।

मनपर्ने केटा ?

– जेन्टल र भलाद्मी र बुझकी केटा मनपर्छ ।

प्रेम ?

– छैन । अफर त आउने गरेका छन् तर मैले त्यसतर्फ सोचेकी छैन ।

राजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

– कस्तो व्यक्तिसँग, किन डेट भन्ने कुरा पनि आउँछ । अर्काे कुरा, उसले आफूलाई कसरी बुझ्छ भन्ने पनि हुन्छ । नाइँ म कसैसँग झट्ट डेट जाँदिनँ । साचेर, बुझेर विचार गरेर जाने हो । अहिले डेट जान मन लागेको व्यक्ति कोही छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप