ओम अस्पतालमा विरामी मृत्युप्रकरण : के भन्छ अस्पताल ?
ओम अस्पताल तथा रिसर्च सेन्टरले उपचारको क्रममा बिरामीको मृत्यु भएको प्रकरणमा अस्पतालमा भएको तोडफोडप्रति खेद प्रकट गरेको छ ।
अस्पतालमा उपचाररत ५० वर्षीया रामप्यारी थापा मगरको उपचारका क्रममा निधन भएको थियो । आफन्तहरुले अस्पतालको लापरवाहीको कारण मृत्यु भएको आरोप लगाएका छन् ।
सोही विषयलाई लिएर शुक्रबार अस्पतालमा नाराबाजीका साथै तोडफोड भएको थियो । ‘आफन्तका नाममा भेला भएको अराजक भिडले दिनभर अस्पताल परिसरमा नारावाजि गरी उपचार सेवामा बाधा पुर्याउने तथा अस्पतालमा तोडफोड समेत गरेका छन्,’ अस्पतालद्वारा विज्ञप्तिमा भएको छ ।
अस्पतालका अनुसार उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको यस अघि नै तल्लो पेटको तीनपटक जटिल किसिमको शल्यकृया भइसकेको र उनको तौल समेत असामान्य रुपमा धेरै रहेको तथ्यबारे परिवारजनलाई जानकारी गराई पूर्व सहमति लिएरमात्र उनको शल्यकृया गरिएको हो ।
‘सुन्दा सहज लागेपनि पित्तथैलीको पत्थर निकाल्ने अप्रेशन(कोलिसिसटेक्टोमी, उनको शारिरिक अवस्था र अन टेवल सर्जरी शुरु गर्दाको अवस्थामा देखिएको जटिल अवस्थाको परिवारजन तथा आफन्तजनलाई उपचारमा संलग्न चिकित्सक टोलीले तत्काल र उपचार अवधिमा नियमित रुपमा अवगत गराइरहेको समेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
निज थापाका परिवार र जनप्रतिनिधि लगायतसँग उपचारमा संलग्न चिकित्सक, संचालक तथा प्रशासकहरुले पटक पटक बैठक गरी उपचारको यथार्थ विवरण समेत जानकारी गराएको अस्पतालले जनाएको छ ।
उपचारका क्रममा आइतबार बिहान बिरामीको अवस्था खस्कदै गएको बुझेर उनलाई सघन उपचार कक्षमा सारिएको अस्पतालले जानकारी दिएको छ । ‘संक्रमण बढ्दै गएकाले चिकित्सकको अनुभव तथा जजमेन्टका आधारमा सानो शल्यकृया गरिहेर्दा आन्द्रमा छिद्र देखिएकोले तत्काल अप्रेशन गरी आन्द्रा जोड्ने संभावना नरहेको हुँदा इलियोस्टोमी गरियो,’ अस्पतालको भनाई छ ।
बिरामीको अवस्था थप खस्कदै गएपछि आइसियुका पछिल्ला औषधिहरु प्रयोग गरीसकेपछि र डायलाइसिस गरेपछिपनि अवस्थामा सुधार नदेखिएको र मृगौला, मुटु लगायतका अंगहरुले समेत काम गर्न छाड्दै गएको अवस्थामा बिहिवार बिहान ७ बजे उनको निधन भयो ।
परिवारजन तथा आफन्तहरुको लागि कानूनी उपचारकालागि समेत अस्पतालले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाइसकेको अस्पतालको भनाई छ । यति हुँदाहँदै, वार्ता भइरहेका बेलामा मृतकका आफन्तजन लगायतले अस्पतालको नियमित सेवामा समेत बाधा पुग्नेगरी हुल–हुज्जत तथा नाराबजी गरी अस्पतालमा भौतिक क्षती पुर्याइएको अस्पतालको आरोप छ ।
स्वास्थ्य उपचार सेवामा असन्तुष्टी भएमा कानूनी उपचारको बाटो हुँदाहुँदै हुलहुज्जत, नाराबाजी र तोडफोड जस्तो असामाजिक गतिविधि गरी अस्पतालको सेवामा खलल अपुर्याउन अस्पतालले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद