केन्द्रीय संस्करण

खानेलाई भन्दा नखानेलाई बढी पिर्ने धुम्रपान

सावधान ! धुम्रपानले सेवनकर्ताहरुलाई मात्र हैन, छेउछाउ बस्नेको पनि आयु छोट्याइदिइरहेको हुन्छ !

person explore access_timeजेठ ३२, २०७६ chat_bubble_outline0

बाटो हिँड्दा, सार्वजनिक यातायातका साधनमा चढ्दा, पार्कतिर डुल्दा वा रेष्टुराँतिर खाजा–खाना खान बस्दा हामीले धेरै पटक भोग्ने गरेका छौं– छेउछाउका थुप्रै मानिसहरु बुङबुङ चुरोट पिउने गर्छन् । त्यस्तो अवस्थामा हिम्मत गर्ने कतिपयले त सोझै चुरोट नखाइदिन अनुरोध पनि गर्न सक्छन् । तर त्यसरी भन्न नसक्नेले चाहिँ चुरोटको धुँवाबाट बच्न रुमालले मुख छोप्न वा रुमाल, कागजले हम्कन थाल्छन् । अझ कतिपय त झ्यालको छेउछाउतिर गएर बस्छन् पनि ।

हामीमध्ये धेरैले सोच्ने गर्छौं, चुरोट खाएको ठाउँको झ्याल ढोका खोलिदिएपछि वा रुमालले मुख छोपेपछि त्यसको धुँवासँगै असर पनि त हटेर गइहाल्छ नि । अथवा भनौं, कसैले चुरोट खाइरहेको ठाउँमा जानुपर्दा झ्याल वा भेन्टिलेसनको छेउमा बसेपछि त त्यसले असर गर्न पाउँदैन भन्ने हामी ठान्छौं !

तर वास्तवमा त्यस्तो हुँदैन ।

धुम्रपानका अम्मलीले धुम्रपान गर्न रोकेको घण्टौंसम्म हावामा वा वरिपरिका वातावरणमा चुरोटका धुँवामा हुने हज्जारौं विषालु रसायनहरुको असर र प्रभाव रहिरहन्छ । त्यस्ता विषालु पदार्थ धुवाको रुपमा मात्र हैन, खरानी वा अन्य विभिन्न कणहरुका रुपमा समेत धुम्रपान गर्ने व्यक्तिका साथसाथै उनका नजिक रहेका व्यक्तिको कपाल, छाला, कपडा, भित्ता, कार्पेट, फर्निचर लगायतका वस्तुहरुमा निक्कै लामो समयसम्म टाँस्सिएर रहेका हुन्छन् । यही कारण नै घन्टौं पहिले कसैले धुम्रपान गरिसकेको कोठामा निक्कैपछि पस्दा पनि हामीलाई ह्वास्स चुरोट गन्हाउने गर्छ । त्यसैले कसैले तत्काल चुरोट खाइरहेको छैन तर केही समय पहिले खाएको छ भने पनि हामी त्यसको दुस्प्रभावबाट बच्न सक्दैनौं । अझ बच्चा तथा केटाकेटीहरुलाई त त्यसले पार्ने असरको प्रभाव झनै बेसी हुने गर्छ ।

https://www.wvpublic.org

तपाईं आफू चुरोट बिँडी खानुहुन्न तर तपाईंको छेउछाउमा कसैले खान्छ भने तपाईं त्यसको दुस्प्रभावबाट कुनै हालतमा पनि बच्न सक्नु हुन्न । चुरोट खानेलाई त त्यसले गाल्छ, गाल्छ, त्यसका साथसाथै, नखाने तर चुरोटको त्यो हत्यारा धुँवाको संसर्गमा आएका मानिसलाई समेत रोग र मृत्युको खाडलमा धकेलिदिन्छ ।

धुम्रपानका अम्मलीले श्वासभित्र हुलेर हावामा छाडेका धुँवामा पाइने रसायनहरु यति खतरनाक र विषालु हुन्छन्, जसले खानेलाई मात्र हैन, त्यो धुँवाले भेट्न जो कसैलाई पनि नराम्रो असर गर्ने गर्छ । तपाईं आफू चुरोट बिँडी खानुहुन्न तर तपाईंको छेउछाउमा कसैले खान्छ भने तपाईं त्यसको दुस्प्रभावबाट कुनै हालतमा पनि बच्न सक्नु हुन्न । चुरोट खानेलाई त त्यसले गाल्छ, गाल्छ, त्यसका साथसाथै, नखाने तर चुरोटको त्यो हत्यारा धुँवाको संसर्गमा आएका मानिसलाई समेत रोग र मृत्युको खाडलमा धकेलिदिन्छ । यसले धुम्रपान नगर्ने मानिसहरुमा थुप्रै रोग, बालबच्चा र हुर्केका मानिसहरुको अकाल मृत्यु गराइदिन्छ । यही कारण नै वर्षेनी ४१ हजार जना र सन् १९६४ यता मात्रै २५ लाख जना मानिसहरुको मृत्यु भइसकेको आँकडाहरुले बताउँछ । यसरी आफू चुरोट बिँडी नखाने तर त्यसको असरबाट भने बच्न नसक्ने यो भयावह स्थितिलाई अंग्रेजीमा सेकेन्ड ह्यान्ड स्मोक (Secondhand Smoke)  वा इन्भायरोन्मेन्ट टोबाक्को स्मोक (environmental tobacco smoke (ETS))  भन्ने गरिन्छ ।

चुरोटका ठुटा, हुक्का, तमाखु सल्कँदा वा त्यो धुँवालाई सेवन गरेर   अम्मलीले हावामा छोड्दा (अझ भनौं उसको श्वास नली हुँदै फोक्सोसम्म पुगेर बाहिर फ्याँकिँदा) निस्कने धुँवामा ४८ सयभन्दा बढी विषालु रसायन हुन्छन् । त्यसमा  फोक्सो र श्वास प्रश्वाससम्बन्धी समस्या पैदा गराउने कार्बन मोनोअक्साइड जस्ता खतरनाक रसायन पनि हुन्छ । त्यसै गरी त्यसमा निकोटिन नाम गरेको तलतल लगाउने तथा क्यान्सर समेत गराउने खतरनाक रसायन पनि हुन्छ । यो रसायन चुरोटका अम्मलीले धुम्रपान गर्दा नशाबाट दिइने औषधी वा नशाहरुभन्दा पनि चाँडो हाम्रो मस्तिष्कमा पुग्ने गर्छ । चुरोटको धुँवामा तथा कणहरुमा पाइने रसायनहरुमध्ये  २५० थरि रसायनहरु मानव स्वास्थ्यको लागि अति खतरनाक र विभिन्न घातक रोगहरुका प्रमुख कारण मानिन्छन् । तीमध्ये पनि फर्मालडिहाइड, बेन्जिन, भिनाइल क्लोराइड, आर्सेनिक एमोनिया, हाइड्रोसाइनाइड लगायत ६९ वटा रसायनले त सोझै क्यान्सर लगाउने गर्छ । संसारभरिमै फोक्सोको क्यान्सरका कारण मर्ने मानिसहरुमध्ये ९० प्रतिशतको हत्यामा धुम्रपाननै मुख्य कारण हुने गर्छ भने COPD (emphysema and chronic bronchitis)  नामक रोगका कारण मृत्यु हुनेहरुमा ८० देखि ९० प्रतिशतसम्म पनि चुरोटका अम्मली वा चुरोटका अम्मलीले छोडेका धुँवाको दुस्प्रभावले भेट्याएका मानिस नै हुने गर्छन् ।

सेकेन्ड ह्यान्ड स्मोकका दुस्प्रभाव

* अमेरिकाको सर्जन जनरलको रिपोर्ट (Surgeon General Report) अनुसार धुम्रपानका अम्मलीले हावामा छोडेको विषाक्त धुँवाको दुस्प्रभावबाट कोही पनि बच्न सक्दैन । छोटो समयको लागि त्यस्तो धुँवा भएको स्थानमा बस्दा पनि त्यसले हाम्रो रगतमा हुने प्लाटेलेट्सलाई च्याप्च्याप लाग्ने बनाइदिन्छ, रक्तनलीका भित्री भित्ताहरुलाई नष्ट गरिदिन्छ, रक्तनलीमा रगतको प्रवाहलाई सुस्त बनाइदिन्छ, मुटुको धड्कनलाई कम गरिदिन्छ र त्यसको जम्मा जोडः हृदयघातको सम्भावनालाई बढाइदिन्छ । अझ पहिले पनि हृदयघात भइसकेका मानिसहरुमा त त्यो खतरा झनै चर्को हुन्छ । विभिन्न अध्ययनहरुबाट देखिएको छः ५ घण्टासम्म सेकेन्ड ह्यान्ड स्मोकको प्रभावमा दैनिक बस्ने मानिसको रगतमा हृदयघात गराउने खराब कोलेस्ट्रोलको मात्रा बढेर जान्छ ।

फेरि यसले निमोनिया, घाउहरुका ढिलो निको हुने, नपुंसकता र पेप्टिक अलसर जस्ता समस्याहरु पनि चुरोटले निम्त्याउने ठहर सर्जन जनरलको रिपोर्टमा गरिएको छ ।

https://2zadtx2dccrd43bc0r18hhqj-wpengine.netdna-ssl.com/

 

सेकेन्ड ह्यान्ड स्मोकको असरका कारण पूर्ण रुपमा फोक्सो विकसित भइनसकेको उमेर समूहका बच्चाहरुमा स्वास–प्रस्वाससम्बन्धी थुप्रै समस्याहरु देखापर्छन् । त्यसले उनीहरुको फोक्सोको बृद्धिलाई पनि सुस्त बनाइदिन्छ ।

* सेकेन्ड ह्यान्ड स्मोकको सबैभन्दा खराब असर हुर्कंदै गरेका बच्चामा पर्ने गर्छ । उनीहरुको फोक्सो पूर्ण रुपमा विकसित भइसकेको हुँदैन । त्यसैले चुरोटको धुँवाको खराब असरका कारण उनीहरुको फोक्सोको काम गर्ने क्षमता घट्छ । त्यस्ता बच्चाहरुमा खोकी, स्वास फेर्न कठिनाइ हुने, कफ जम्ने, निमोनिया, ब्रोङकाइटिस, अचानक बच्चाको मृत्यु हुने (sudden infant death syndrome (SIDS)), स्वास प्रणालीमा गम्भीर खालको संक्रमण हुने, कानमा संक्रमण हुने र पटक पटक दमको व्यथाले चेप्ने जस्ता समस्या बढी देखिन्छ । यही कारण नै अमेरिकामा मात्रै पनि वर्षेनी ४ लाखदेखि १० लाखसम्म बच्चाहरुलाई दम रोग लाग्ने गरेको तथ्यांक छ ।  विशेष गरेर सेकेन्ड ह्यान्ड स्मोकको असरका कारण पूर्ण रुपमा फोक्सो विकसित भइनसकेको उमेर समूहका बच्चाहरुमा स्वास–प्रस्वाससम्बन्धी थुप्रै समस्याहरु देखापर्छन् । त्यसले उनीहरुको फोक्सोको बृद्धिलाई पनि सुस्त बनाइदिन्छ ।

* औसत रुपमा ४ जना मान्छेमध्ये एक जनाले चुरोट पिउने गर्छ । त्यसैले सेकेन्ड ह्यान्ड स्मोकको दुस्प्रभावबाट बच्न सजिलो छैन । आफूले चुरोट नखाँदा नखाँदै पनि अरुले चुरोट खाएको ठाउँमा आतेजाते गर्नुपरेको ‘अपराध’ को दण्डमा अमेरिकामा मात्रै वर्षेनी ३ हजारभन्दा बढी मानिसको ज्यान जाने गर्छ । त्यसैगरी, २२ हजार ७ सयदेखि ६९ हजार ६ सयसम्म चुरोट नखाने मानिसहरु चुरोटका धुँवाका कारण सिर्जित मुटुसम्बन्धी समस्याले मर्ने गर्छन् ।

* एक अध्ययनले के देखाएको छ भने कार्यक्षेत्रमा धुम्रपानको प्रभाव क्षेत्रमा काम गर्ने मानिसलाई अरु मानिसको तुलनामा फोक्सोको क्यान्सर लाग्ने सम्भावना १७ प्रतिशतले बढी हुन्छ । सेकेन्ड ह्यान्ड स्मोकका खराबीहरुमध्ये आँखा नाकमा जलन, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता समस्याहरु पनि देखापर्ने गर्छ । यस्ता समस्याले कामदारको कार्यक्षमता समेत घटाइदिने गर्छ ।

* सेकेन्ड ह्यान्ड स्मोकको असरका कारण चुरोट नपिउने मानिसमा पनि हृदयरोग र क्यान्सर हुने खतरा बढी हुन्छ । एक अध्ययनअनुसार त्यस्तो असरले २५ देखि ३० प्रतिशत सम्म मुटुको रोग र  २० देखि ३० प्रतिशतसम्म फोक्सोको क्यान्सर लाग्ने खतरा हुन्छ ।

विश्वव्यापी असर

चुरोट खाने र त्यसबाट सिर्जित सेकेन्ड ह्यान्ड स्मोकको प्रभाव के विकसित के अल्पविकसित सबै मुलुकहरुमा भयावह नै देखिन्छ । उदाहरणका लागि तलका केही तथ्यहरु हेरौं, जसले अमेरिका जस्ता विकसित मुलुकमा अनि विश्वव्यापी रुपमा नै पर्ने यो समस्याको भयावह असरको चित्रलाई उजागर गरिदिन्छः

* अमेरिकामा वर्षेनी ४ लाख ३८ हजारमा मानिसहरु धुम्रपानसँग सम्बन्धित रोगहरुका कारण मर्ने गर्छन् । यो संख्यामा चुरोट खाने मानिसहरु मात्रै हैन, सोझै चुरोट नखाने तर चुरोटका अम्मली वरपर बसेर चुरोटको धुँवामा हुने क्यान्सरजन्य रसायनले गाँजेका मानिसहरु र आमाबाबुले चुरोट खाएकै कारण समयअगावै जन्मिएका बच्चाहरु समेत पर्ने गर्छन् । चुरोटकै कारण उत्पन्न स्वास्थ्य समस्याको उपचारको क्रममा अमेरिकामा मात्रै वर्षेनी १६७ अरब डलर खर्च हुने गर्छ ।

* धुम्रपान गर्ने गर्भवती महिलाले जन्माउने २० देखि ३० प्रतिशत बच्चाहरु कम तौलको हुने गर्छ । त्यस्ता महिलाले जन्माउने थुप्रै बच्चाहरुको अकाल मृत्यु हुने र बाँचेकाहरुमध्ये पनि धेरैजना फोक्सो समस्याग्रस्त हुने गर्छन् ।

* पन्छाउन सकिने मृत्यु (preventable death)  का प्रमुख कारणहरुमध्ये चुरोट संसारमा त्यस्तो दोस्रो प्रमुख कारण हो, जसले गर्दा संसारमा वर्षेनी लाखौं मानिसहरु मर्ने गर्छन् । विश्वभरिमा धुम्रपानको कारणले मर्ने मानिसहरुको संख्या  एड्स, लागू औषध तथा उपचारमा प्रयोग हुने औषधीहरुको दुस्प्रभाव, सडक दुर्घटना, हत्या र आत्महत्याका कारण हुने मृत्युको संख्यालाई जोड्दा आउने कूल संख्याभन्दा पनि बढी हुन आउँछ ।

 

विश्व स्वास्थ्य संगठनको एक रिपोर्टअनुसार वर्षेनी सूर्तीजन्य पदार्थको सेवन (स्मरण रहोस्, तीमध्ये धुम्रपान प्रमुखमा पर्ने गर्छ) का कारण वर्षेनी ७० लाख मानिसहरु मर्नेगर्छन् । धुम्रपानको अहिलेको गति वा रुपमा परिवर्तन नआउने हो भने आगामी सन् २०३० सम्ममा प्रतिवर्ष ८० लाख मानिसहरुको मृत्यु सूर्तीजन्य पदार्थको सेवनकै कारण हुनेछ ।

विश्व स्वास्थ्य संगठनको एक रिपोर्टअनुसार वर्षेनी सूर्तीजन्य पदार्थको सेवन (स्मरण रहोस्, तीमध्ये धुम्रपान प्रमुखमा पर्ने गर्छ) का कारण वर्षेनी ७० लाख मानिसहरु मर्नेगर्छन् । धुम्रपानको अहिलेको गति वा रुपमा परिवर्तन नआउने हो भने आगामी सन् २०३० सम्ममा प्रतिवर्ष ८० लाख मानिसहरुको मृत्यु सूर्तीजन्य पदार्थको सेवनकै कारण हुनेछ । त्यसबेलासम्म अहिले धुम्रपान गर्ने करीब ६५००००००० जना मानिसहरुमध्ये आधा मानिस मरिसक्ने आँकलन विश्व स्वास्थ्य संगठनले गरेको छ ।संगठनको तथ्यांकअनुसार विश्वभरिमा हुने मृत्युको ८.८ प्रतिशत कारण धुम्रपान नै हुने गरेको छ । यो संख्या भनेको प्रतिवर्ष करीब ५ मिलियन र दिनको हिसाबले १३ हजार ५०० जना हो ।

  •  विश्वभरिमा प्रतिदिन १५ अरबभन्दा बढी सिगरेट खपत हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको अनुमानमा विश्वभरिमा १.३ अरबजना धुम्रपानका नियमित अम्मलीहरु छन् । यो भनेको विश्वभरिकै १५ वर्षमाथि उमेरका मानिसहरुको जनसंख्याको एक तिहाई हो । तथ्यांकहरुले देखाएको छ, महिलाको तुलनामा पुरुषहरुले बढी धुम्रपान गर्ने गर्छन् । विश्वभरिमा करीब ५० प्रतिशत पुरुष र ९ प्रतिशत महिलाहरु धुम्रपानका अम्मली छन् ।

* विश्व स्वास्थ्य संगठनकै एक तथ्यांकअनुसार, औसत रुपमा धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्नेहरु १० वर्ष चाँडो मर्ने गर्छन् ।

* बढ्दो जनचेतना, सार्वजनिक स्थानहरुमा धुम्रपान निषेध गर्ने कानूनहरुको प्रभावकारी उपयोग जस्ता कारणहरुले गर्दा पछिल्ला वर्षहरुमा आएर उत्तर अमेरिका र पश्चिमा युरोपका थुप्रै देशहरुमा धुम्रपानका अम्मलीहरुको संख्या घटेको छ । तर त्यसको नकारात्मक पाटोका रुपमा त्यस्ता अम्मलीहरुको संख्या एशिया महादेशमा अचाक्ली बढेको छ । यसो हुनुको कारण चाहिँ धुम्रपानसम्बन्धी यस क्षेत्रका देशहरुमा कडा र प्रभावकारी कानून नहुनु नै हो । संसारभरिकै २५ प्रतिशतभन्दा बढी चुरोटका अम्मलीहरु चीनमा रहेका छन् । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार चीनमा ३०० मिलियनभन्दा बढी मानिसहरु, जुन संख्या भनेको अमेरिकाका कूल जनसंख्या बराबर हो, धुम्रपानका अम्मली छन् ।

दैनिक रुपमा १८ वर्षभन्दा कम उमेरका करिब २००० जना युवाहरु चुरोट पिउन शुरु गर्छन् । र, प्रत्येक दिन ३०० भन्दा बढी युवाहरु चुरोटका अम्मली बन्न पुग्छन् ।

http://static1.squarespace.com

बच्ने कसरी : गर्ने के ?

माथिका छानिएका केही तथ्यहरुले प्रष्ट पार्छ, धुम्रपान त्यसका सेवनकर्ताहरुलाई मात्र हैन, अरु चुरोट नै नखाने मानिसहरुका लागि पनि त्यत्तिकै खतरनाक र खराब छ । तर चुरोटको व्यापार मात्रै त्यस्तो एउटा कानूनी व्यापार हो, जसले मानिसको अकाल मृत्यु तथा हत्या गरिदिन्छ । यसले तिर्ने ठूलो परिणामको करको कारण विश्वभरिकै देशहरुमा मृत्युको यो व्यापारले कानूनी मान्यता पाइरहेको छ । त्यसैले यसको व्यापारलाई हामी पूर्ण रुपमा ठप्प पार्न त सक्दैनौं ।

धेरै समय बितिसकेको छ र कानूनहरु पनि बनिसकेका छन् तर व्यवहारमा नै पनि सार्वजनिक स्थानहरुमा धुम्रपान निषेध गर्ने कुरालाई लागू हुन सकेको छैन । मृत्युका व्यापारमा नेपालका ठूला व्यापारी तथा राजनेताहरुसमेतको स्वार्थ गाँसिएको र राजस्वमा ठूलो हिस्सा यसैबाट प्राप्त भइरहेको यथार्थका कारण त्यो कार्यान्वयन हुन नसकेको पृष्ठभूमिमा अविलम्ब मृत्युका व्यापारलाई नियन्त्रण गर्नेतर्फ पहल गर्न सरकारमाथि प्रभावकारी जनदवाब सिर्जना गर्नु जरुरी भएको छ ।

मृत्युको व्यापारको सौगातको रुपमा हामीले भोग्नु परिरहेको हत्यारा धुँवाको खराब असरबाट बच्ने एउटै मात्र उपाय हो– त्यसको अनियन्त्रित विक्रीवितरणमाथि कडाइका साथ नियन्त्रण, अनि सार्वजनिक स्थानहरुमा धुम्रपानमा जबरजस्त प्रतिबन्ध । विश्वका थुप्रै मुलुकहरुले यो नियम लागू गरिसकेको छ । हाम्रै छिमेकी देश भारतमा समेत यस खालका नियम बनिसकेको छ र सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई एक पटकमा भारु. २००।– सम्म जरिवाना गर्ने प्र्रावधान बनिसकेको छ । खाँचो छ, नेपालमा पनि त्यस्तै नियम कानून बनाउने र त्यसलाई कडाइका साथ लागू गर्ने । यस दिशामा मार्ग प्रशस्त गर्दै जुन १३, २००६ का दिन नेपालको सर्वोच्च अदालतले सार्वजनिक ठाउँमा धुम्रपानमा प्रतिबन्ध लगाउनका लागि सरकारलाई कानून बनाउन र त्यसलाई कडाइका साथ तत्काल लागु गर्न निर्देशन दिएको थियो । त्यस यता धेरै समय बितिसकेको छ र कानूनहरु पनि बनिसकेका छन् तर व्यवहारमा नै पनि सार्वजनिक स्थानहरुमा धुम्रपान निषेध गर्ने कुरालाई लागू हुन सकेको छैन । मृत्युका व्यापारमा नेपालका पूर्व राजघरानादेखि ठूला व्यापारी तथा राजनेताहरुसमेतको स्वार्थ गाँसिएको र राजस्वमा ठूलो हिस्सा यसैबाट प्राप्त भइरहेको यथार्थका कारण त्यो कार्यान्वयन हुन नसकेको पृष्ठभूमिमा अविलम्ब मृत्युका व्यापारलाई नियन्त्रण गर्नेतर्फ पहल गर्न सरकारमाथि प्रभावकारी जनदवाब सिर्जना गर्नु जरुरी भएको छ ।

नेपालको चित्र
विश्व स्वास्थ्य संगठनको सूर्तीजन्य पदार्थको रोकथामसम्बन्धी ढाँचागत महासन्धिलाई नेपालले फेब्रुअरी ५, २००७ मा नै अनुमोदन गरेको थियो । त्यसअनुसार सार्वजनिक यातायात तथा तोकिएका सार्वजनिक स्थानहरुमा धुम्रपान तथा सूर्तीजन्य पदार्थहरुको सेवन बर्जित गरिएको छ । स्वास्थ्य संस्थाहरु, विद्यालयहरु, विश्वविद्यालयहरु, सरकारी कार्यालयहरुमा चुरोट तथा सूर्तीजन्य पदार्थहरुका सेवन गर्न पाइँदैन ।
विमानस्थल, कारागार, होटेल जस्ता स्थानहरुमा पनि तोकिएको स्थानमा मात्रै चुरोट तथा सूर्तीजन्य पदार्थहरुका सेवन गर्न पाइन्छ । चुरोट तथा सूर्तीजन्य पदार्थहरुको सार्वजनिक विज्ञापन तथा उमेर नपुगेको व्यक्तिहरुलाई बिक्रीवितरण गर्न निषेध गरिएको छ । विशेष गरेर स्कूल, स्वास्थ्य संस्थाहरु, बृद्धाश्रम, बाल कल्याण संस्थाहरु, बालबालिका स्याहार केन्द्र लगायतका स्थानहरुको १०० मिटर क्षेत्र वरिपरि चुरोट तथा सूर्तीजन्य पदार्थहरुको विक्रीवितरण गर्न पाइँदैन ।
त्यसैगरी, चुरोट तथा सूर्तीजन्य पदार्थहरुको उत्पादनमा त्यसले गर्ने असर देखिने खालको चित्र पूरै प्याकेट वा बट्टाको ९० प्रतिशत भाग ढाक्ने गरी देखाउन अनिवार्य गरिएको छ ।
अमेरिकी लङ्स एसोसिएसनका सहयोगमा सन् २००३ मा नेपालका कक्षा ८–१० का विद्यार्थीहरुमाझ गरिएको एक सर्वेले निम्नानुसारका तथ्यहरु देखाएको थियोः * १२ प्रतिशत विद्यार्थीहरु कुनै न कुनै रुपमा सुर्तीको सेवन गर्छन् । तीमध्ये ४ प्रतिशत धुम्रपान र ८ प्रतिशत अरु माध्यमबाट सूर्ती सेवन गर्ने गर्छन् ।
* सेकेन्ड ह्यान्ड स्मोकको असर व्यापक मात्रामा छ । प्रत्येक १० जना विद्यार्थीमा ४ जना यसको असरमा पर्ने गर्छन् । तीमध्ये आधाजसो सार्वजनिक स्थानहरुमा हुने धुम्रपानका कारण र आधा जसो चाहिँ अभिभावकले चुरोट सेवन गर्ने गरेका कारण त्यस्तो असरमा पर्ने गरेका हुन् ।
* तीन चौथाइ विद्यार्थीहरु अरुले सेवन गरेको चुरोटले आफूलाई पनि हानी गर्छ भन्ने कुरा सोच्छन् ।
* प्रत्येक १० जनामा ७ जना विद्यार्थी सार्वजनिक स्थानहरुमा धुम्रपान निषेध गरिनुपर्छ भन्ने विचार राख्छन् ।
* १० जनामा ८ जना चुरोटका अम्मलीहरु धुम्रपान छोड्न चाहन्छन् । * वितेका ३० दिनभित्रमा १० जनामा ९ जनाले धुम्रपान विरोधी सूचनाहरु हेरेका छन् । त्यत्तिकै संख्याका विद्यार्थीहरुले धुम्रपानलाई प्रोत्साहित गर्ने विज्ञापन पनि हेरेका छन् ।

चुरोटको सेवनलाई घटाउने वा निरुत्साहित गरिदिने एउटा विकल्प त्यसको मूल्यलाई चर्को बनाइदिने पनि हुन सक्छ । विश्व बैंकका अनुसार, चुरोटको मूल्यमा हुने १० प्रतिशत बृद्धिले मात्रै पनि उच्च आयदर भएका मुलुकहरुमा ४ प्रतिशत र कम तथा मध्यम आयदर भएका मुलुहरुमा ८ प्रतिशतले त्यसको खपतमा कमी आउने गर्छ । त्यसरी १० प्रतिशत मात्रै मूल्यबृद्धिले पनि करीब ४ करोड २० लाख मानिसहरुले धुम्रपानको लत छोड्ने र त्यसको परिणामस्वरुप कम्तिमा १ करोड मानिसहरु चुरोटसम्बद्ध रोगका कारण मर्नबाट बच्नेछन् । यो कुरा नेपालको हकमा पनि लागू हुन्छ ।

विश्वका थुप्रै मुलुकहरुमा काम गर्ने ठाउँमा चुरोटको सेवनमा प्रतिबन्ध लगाइने गरिन्छ भने त्यो प्रतिबन्ध लगाउनको लागि आवाज उठाउनुलाई कामदारहरुको कानूनी अधिकारको रुपमा समेत मान्यता दिने गरेको पाइन्छ । त्यसै गरी, सवारी साधन, सार्वजनिक स्थलहरु, रेष्टुराँ, होटेल, पार्क, सिनेमा हल, सभास्थल जस्ता मानिसहरुको बढी आवतजावत हुने स्थानमा धुम्रपान गर्न नपाउने कुरा उठाउनुलाई नागरिकको कानूनी हकको रुपमा स्थापित गर्ने प्रचलन विश्वव्यापी रुपमा बढ्दो छ ।

विश्वका थुप्रै मुलुकहरुमा काम गर्ने ठाउँमा चुरोटको सेवनमा प्रतिबन्ध लगाइने गरिन्छ भने त्यो प्रतिबन्ध लगाउनको लागि आवाज उठाउनुलाई कामदारहरुको कानूनी अधिकारको रुपमा समेत मान्यता दिने गरेको पाइन्छ । त्यसै गरी, सवारी साधन, सार्वजनिक स्थलहरु, रेष्टुराँ, होटेल, पार्क, सिनेमा हल, सभास्थल जस्ता मानिसहरुको बढी आवतजावत हुने स्थानमा धुम्रपान गर्न नपाउने कुरा उठाउनुलाई नागरिकको कानूनी हकको रुपमा स्थापित गर्ने प्रचलन विश्वव्यापी रुपमा बढ्दो छ । नेपालमा पनि कार्य क्षेत्र तथा सार्वजनिक स्थानहरुमा चुरोट सेवनका विरुद्ध आवाज उठाउनु पाउने कुरालाई व्यक्तिको मौलिक र कानूनी हकको रुपमा मान्यता दिइनुपर्छ । यसले मृत्युको व्यापारलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न सक्छ ।

माथि उल्लिखत कुराहरुबाहेक तल लेखिएका केही कुराहरुलाई पालना गर्ने हो भने पनि सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्न तथा सेकेन्ड ह्यान्ड स्मोकको खराब असरबाट धेरै मात्रामा बच्न सकिन्छः

* घर वरिपरि र कार्यस्थललाई कडाइका साथ धुम्रपान निषेधित क्षेत्र घोषित गर्ने । घरभित्र धुम्रपान नगर्ने । आफ्ना कार्यकक्ष, घर वा कोठामा, सार्वजनिक स्थलहरुमा  चुरोट पिउने मानिसलाई चुरोट नपिउनका लागि सोझै अनुरोध गर्ने वा आपत्ति प्रकट गर्ने ।

* कार्यालय, सार्वजनिक स्थलहरुमा तर घरमा नै पनि चुरोट पिउन पाउने क्षेत्र तोकिदिने । त्यहाँभन्दा बाहिर चुरोट पिउनेलाई बहिस्कार गर्ने वा दण्डित गर्ने प्रावधान बनाउने । यसरी सार्वजनिक स्थलमा धुम्रपानलाई पूरै निषेध गर्ने हो भने त्यसको नतिजा आश्चर्यजनक हुने छ । उदाहरणको लागि, केही वर्षपहिले अमेरिकामा गरिएको अध्ययनले के देखायो भने सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरिदिनेबित्तिकै सन् २००२ को ६ महिनाको अवधिमा मात्रै पनि हृदयघातको समस्यामा ४० प्रतिशतले कमी आएको थियो ।

* बच्चाहरुले चुरोट खान छिटो सिक्ने गर्छन् । यसबाट बच्ने उत्तम उपाय भनेकै चुरोटका खराबीहरुबारेमा स्कुले बच्चाहरुलाई औपचारिक शिक्षा दिनुनै हो । त्यसबाहेक, बच्चाहरु तथा अपरिपक्व मस्तिष्क भएकाहरुलाई आकर्षित गर्ने चुरोटका कुनै पनि किसिमका विज्ञापनहरुमा पूरै प्रतिबन्ध लगाइनुपर्छ । नेपालमा रेडियो तथा टेलिभिजनहरुमा त चुरोट तथा मध्यपानको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । तर यो पूर्ण छैन । यो प्रतिबन्धलाई सबै किसिमका सञ्चारमाध्यमहरुमा पनि लागू गरिनुपर्छ ।* विशेषतः सार्वजनिक स्थलहरुमा र अरु जहाँ कहीँ पनि कम उमेरका बच्चाहरुले चुरोट सेवन गरेको पाइएमा त्यसलाई निरुत्साहित गरिनुपर्छ । १८ वर्षभन्दा कम उमेरका लागि चुरोट बेच्ने र त्यस उमेर समूहका मानिसले चुरोट सेवन गर्ने कुरालाई समेत दण्डनीय अपराधको रुपमा परिभाषित गरिनुपर्छ ।

चुरोट र विज्ञापन
धुम्रपानका अम्मलीहरु बढ्नुको कारण निकोटिनको अदभूत प्रभाव त हुँदै हो, चुरोटसम्बन्धी विज्ञापनले पनि युवाहरुलाई जीवनपर्यन्त चुरोटको अम्मली बनाउनमा ठूलो भूमिका खेल्ने गर्छ । चुरोट कम्पनीहरुले पनि विज्ञापनमा अरबौं रकम खन्याउने गर्छन् । सन् २०१७ भित्रमा मात्रै ९.३६ अरब अमेरिकी डलर रकम चुरोट र धुवारहित तम्बाकुहरुको विज्ञापनमा खर्च गरिएको थियो । यो भनेको दैनिक २ करोड ५० लाख र प्रतिघण्टा १० लाख अमेरिकी डलरभन्दा बढी रकम हो ।
एक अध्ययन अनुसार ९० प्रतिशत भन्दा बढी युवाहरु विज्ञापनको प्रभावमा परेर २१ वर्षभन्दा पहिलेको उमेरमा चुरोट पिउन थाल्छन् । चुरोटका खराब असरबारे थाहा पाउने उमेर पुग्दासम्म उनीहरु त्यसको अम्मली बनिसकेका हुन्छन् । त्यसबेलासम्म आइपुग्दा उनीहरुले चुरोटले फाइदा गर्दैन भन्ने कुरा त बुझिसकेका हुन्छन्, तर चाहेर पनि चुरोटको लत चाहिँ छोड्न सक्दैनन् ।
चुरोट व्यापारीहरुले चुरोटको विज्ञापनलाई साहसी खेल, बहादुरीका किस्साहरु जोडेर आकर्षक बनाउने गर्छन् । जसले गर्दा कलिला मस्तिष्कहरु तथा हिनता बोकेर बाँचेकाहरु साहसी बन्ने, बहादुर बन्ने चक्करमा चुरोट पिउन थाल्छन् । यस्ता विज्ञापनको माध्यमबाट चुरोट कम्पनीहरुले वर्षेनी करोडौं चुरोटका नयाँ अम्मलीहरु पैदा गरिरहेका हुन्छन् र चुरोट खाएकै कारण मरेका वा विरामी भएर चुरोट खान छोडेका आफ्ना ग्राहकहरुको सोधभर्ना गर्ने गर्छन् ।
मृत्युका व्यापारीहरुले विज्ञापनमा चुरोट खाने महिलालाई स्वतन्त्र, साहसी, आधुनिक, चुस्त, छरितो, ठिक्को तौल भएका जस्ता देखाएर उनीहरुलाई आफूतिर आकर्षित गर्ने गर्छन् । यो हत्कण्डामा फँसेर वर्षेनी लाखौं महिला तथा युवतीहरु पनि चुरोटको अम्मलाई अपनाएर आफ्नो आयु छोट्याइरहेका हुन्छन् ।
उदाहरणको लागि, अमेरिकाका कुख्यात चुरोट कम्पनी फिलिप मोरिसले सन् १९९९ मा ४० मिलियन डलरको एउटा विज्ञापन अभियान अल्पसंख्यक महिलाहरुलाई नै लक्षित गरेर थालेको थियो, जसको नारा नै आफ्नो आवाज खोज (Find your voice) भन्ने थियो । मुलतः महिला स्वतन्त्रता, सशक्तीकरण र उन्मुक्तिको नाराको आवरणमा थालिएको सो अभियानको भित्री उद्देश्य चाहिँ आफ्ना उत्पादनप्रति अमेरिकाका अल्पसंख्यक महिलाहरुलाई आकर्षित गर्नुनै थियो ।

 

Main photo source: https://blog.chocchildrens.org/

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...