शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न

शनिबार, ३२ जेठ २०७६, १४ : १५
शनिबार, ३२ जेठ २०७६

युएई । युएईमा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युएईलगायतका ११ जातिय  संस्थाहरुको संयुक्त आयोजनामा गौतम बुद्धको २५६३ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल आदिबासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक समितिका संयोजक तथा पुर्वअध्यक्ष डेरराज तमुको प्रमुख अतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ युएई अध्यक्ष पासाङ शेर्पाको सभापतित्वमा हिजो शुक्रबार दुबईमा २५६३ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल, हामी नेपाली एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्यलगायत विभिन्न जातिय तथा जिल्ला संघसस्था एव राजनस्तिक दलका प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा अथितिहरूले दिप प्रज्वालन गरेर उद्घाटन लगतै लामा धर्म गुरुहरुद्धारा बौद्ध पुजापाठ तथा धार्मिक प्रवचनको गरिएको थियो । कार्यक्रममा बुद्दको जन्म, उनले प्राप्त गरेका ज्ञान र उनको जीवनी समिटेएको डकुमेन्ट्री देखाइएको थियो ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति कलाकार संघ युएईका कलाकारहरूले कार्यक्रममा आ–आफ्नो प्रस्तुती दिएका थिए । भने बिभिन्न जातिय संघसस्था तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनवार सेवा समाज, नेवा पुचः, थारु कल्याणकारी समाजका कलाकारहरुले आफ्नो जातिय पहिचान झल्किने विभिन्न प्रस्तुतिहरु समेत प्रदर्शन गरेका थिए ।

प्रवासमा बसेर भएपनि आफ्नो रितिरिवाज, धर्म संस्कृतीको जगेर्ना गर्ने उदेश्यसहित कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ युएईका महासचिव सुनिल घिसिङले बताए । 

फोनिस युएई र नेपाल आदिबासी जनजाति कलाकार संघ युएईको सहयोग तथा हिमाल रेमिट र यूएई एक्सचेन्जको प्रायोजकमा उक्त कार्यक्रम भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप