शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्याम्स अस्पतालमा बिना अप्रेशन ५० बढी मुटु रोगीको उपचार, अस्पतालमा खुसीयाली मनाइयो

शनिबार, ३२ जेठ २०७६, १७ : ०१
शनिबार, ३२ जेठ २०७६

काठमाडौं–काठमाडौंको ह्याम्स अस्पतालले बिना अप्रेशन मुटुको चाल गडबडी सम्बन्धी उपचार थालेको छ । 

पाँच महिनाको अवधिमा खुट्टाबाट मुटुमा तार पठाएर नयाँ प्रविधिबाट ५० बढीको उपचार सम्पन्न गरेपछि चिकित्सकहरुले शनिवार अस्पतालमा खुसीयाली मनाएका छन् । 

कार्यक्रममा बिना सर्जरी १ घण्टादेखि १० घण्टाभित्र मुटुको उपचार सम्पन्न हुने डाक्टर रोशन राउतले जानकारी दिए । छाती नचिरी गरिने अप्रेशनमा खुट्टाबाट तार पठाएर मुटुको चाल गडबडी गर्ने तन्तुलाई नष्ट गरिन्छ । थ्रीडी म्यापिङ पद्धतिबाट मुटुमा भएको समस्यालाई पत्ता लगाएर बिरामीलाई बेहोस नगरी यो प्रणालीबाट उपचार गरिन्छ । यो पद्धतिबाट जटिल भन्दा जटिल रोगको उपचार गरिने डा. राउतको भनाई छ ।  
यो रोग २ बर्षको बालकदेखि ९० वर्षसम्मका उमेर समूहका ब्यक्तिलाई हुने गरेको छ । सन् २००४ देखि काठमाडौंको गंगालाल अस्पतालले यो सेवा सुरु गरेपनि ह्याम्स अस्पतालले गत ६ महिनादेखि यो सेवा सुरु गरेको थियो । 

१ दिनमै उपचार सम्पन्न हुने र बिरामीले कुनै औषधि खानु नपर्ने यो रोगको उपचारका लागि कम्तिमा ७० हजारदेखि २ लाखसम्म लाग्छ । एकपटक उपचार गरेपछि पुन उक्त समस्या नआउने चिकित्सकहरुको भनाई छ । 

मुटुको चाल गडबढी सम्बन्धी रोग कतिपयको जन्मजात रोग हुने, उमेर बढ्दै गएअनुसार रोगको जोखिम हुने र कतिपयको हृदयघातको समस्या पछि पनि देखा पर्ने गर्छ । 

भिडियोः
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप