श्रीलंकालाई हराउँदै अष्ट्रेलिया शीर्ष स्थानमा
साविक विजेता अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले हरायो । अष्ट्रेलियाले दिएको तीन सय ३५ रनको विजय लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा सवै विकेट गुमाएर दुई सय ४७ रनमा समेटिएको थियो ।
श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले ९७ रनको अर्धशतकीय इनिङ खेलेपनि टोली हारबाट जोगिएन । कुशल परेराले ५२, कुशल मेन्डिसले ३० तथा लाहिरु थिरीमाने र धनन्जय डि सिल्भाले समान १६(१६ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले चार विकेट लिए । केन रिचार्डसनले तीन, पाट कुम्निसले दुई र जासोन बेहर्नडर्फले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ३४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले शतकीय पाली खेले । फिन्चले एक सय ५३ रन बनाए । स्टिभ स्मिथले ७३ रन, ग्लेन म्याक्सवेलले अविजित ४६, डेभिड वार्नर २६ र उस्मान खबाजले १० रन बनाए । श्रीलंकाका इशुरु उडाना र धनन्जय डी सिल्भाले दुई दुई विकेट लिए । लासिथ मालिङ्गाले एक विकेट लिएका थिए । पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको अष्ट्रेलिया आठ अंक बनाएको छ । समान खेलबाट श्रीलंकाले चार अंक बनाएको छ । श्रीलंका तालिकाको पाँचौं स्थानमा छ ।
यसैगरी शनिबार रातिनै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराएको छ । दक्षिण अफ्रिकाको यो पहिलो जित हो । बर्षाले प्रभावित खेल ४८ ओभरमा झारिएको थियो । अफगानिस्तानले दिएको एक सय २६ रनको समान्य लक्ष्य दक्षिण अफ्रिकाले २८.४ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २५ रन बनाएको थियो । यस जितसँगै पाँच खेलबाट तीन अंक बनाएको दक्षिण अफ्रिका सातौं स्थानमा छ । लगातार चोथो हार खेपेको अफगानिस्तान तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक