शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनालाई कोलम्बियाको झट्का

आइतबार, ०१ असार २०७६, ०८ : ०१
आइतबार, ०१ असार २०७६

उपाधिको प्रवल दावेदार ठानिएको अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको पहिलो खेलमै कोलम्बियासँग पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–० गोलले हरायो । कोलम्बियाको जितमा जितमा रोजर मार्टिनेज र डुभान जापटाले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा कोलम्बिया हावी भएको थियो । ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए । ८६औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित बनाएका थिए । बल नियन्त्रणमा पकट जमाएको कप्तान लियोन मेस्सी प्रेरित अर्जेन्टिनाले गोल गर्न भने सकेन । अर्जेन्टिनाले केही राम्रो अवसर खेर फालेको थियो । पहिलो जितसँगै समूह ‘बी’ मा तीन अंक बनाएको कोलम्बिया क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यसैगरी समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा भेनेजुएला र पेरुले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । ७५औं मिनेटमा लुइस डेलपिनोले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो । तरपनि पेरुले गोल गर्न सकेन । बराबरबीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप