शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज भारत भर्सेस पाकिस्तान : दुई देशको गुगल सर्चको शीर्ष स्थानमा मौसम पूर्वानुमान

आइतबार, ०१ असार २०७६, १० : २९
आइतबार, ०१ असार २०७६

एजेन्सी । आइतबार क्रिकेट विश्वकप अन्तरगत भारत–पाकिस्तानबीच खेल हुँदैछ । खेल म्यानचेस्टर सहरको ओल्ड ट्राफोर्ड ग्राउन्डमा हुनेछ ।

तर, खेललाई वर्षाले प्रभावित बनाउने चिन्ता पनि उत्तिक्कै रहेको छ । मौसम पूर्वानुमान विभागका अनुसार म्यानचेस्टरमा आज दिनभरी वर्षा हुने सम्भावना ६३ प्रतिशत छ ।

यसअघि पनि यही विश्वकपमा तीन खेल वर्षा कारणले रद्द भइसकेको छ । मौसम पूर्वानुमान सम्बन्धी वेबसाइट ‘एक्युवेदर’का अनुसार म्यानचेस्टरमा आइतबार हल्का वर्षा हुने सम्भावना अत्याधिक छ ।

आइतबार म्यानचेस्टरमा यस्तो रहनेछ मौसन

क्रिकेट विश्वकप अहिले बेलायत र वेल्सले संयुक्त रुपमा आयोजना गरिरहेको छ । भारत पाकिस्तानबीचको खेल स्थानीय समय अनुसार विहान १०(नेपाली समय २ः४५)मा टस हुनेछ ।

आइतबार नै बिहान १० बजे वर्षा हुने सम्भावना ४३ प्रतिशत छ । यसको मतलब टसमै पनि विलम्ब हुन सक्छ । म्यानचेस्टरको दिनभरीको पानी पर्ने सम्भावना ६३ प्रतिशत रहेको छ ।

भारत–पाकिस्तानमा गुगुल सर्चको शीर्ष स्थानमा म्यानचेस्टको मौसम

आइतबार गुगल सर्च गर्ने भारतीयको ठूलो संख्याले म्यानचेस्टरको मौसमबारेमा गुगलमा जिज्ञासा राखेका थिए ।

यस अघि जुन १३ मा वर्षाको कारण भारत–पाकिस्तान म्याच रद्द भएको थियो । त्यसले पनि मानिसमा वर्षाले खेल प्रभावित पार्न सक्ने डरप्रति आशंका बढाएको छ ।

भारत सँगै पाकिस्तानमा पनि म्यानचेस्टरको आजको मौसमको पूर्वानुमान सर्च अत्यधिक मानिसले गरिरहेका छन् ।

यसले भारतीय र पाकिस्तान खेल प्रेमीमा खेल हेर्ने व्यग्रतालाई देखाउँछ । त्यही व्यग्रताका कारण खेल रद्द पो हुने हो कि भन्ने डर व्याप्त छ ।

तल टेबलमा भारत र पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताले गुगलमा सर्च गरेका शीर्षकहरु दिइएको छन् । शीर्ष दश शीर्षकमा लगभग सबैनै भारत र पाकिसतानबीचको खेल र खेल हुने म्यानचेस्टरको मौसम पूर्वानुमानसम्बन्धि जिज्ञासा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप