शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगमा ताला

आइतबार, ०१ असार २०७६, १५ : ०६
आइतबार, ०१ असार २०७६

जनकपुर-लोकसेवा आयोगले निकालेको विज्ञापन  फिर्ता नलिएको भन्दै  एक समुहले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ। 

मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो ।
आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए। 

ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो। 

आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएको छ।
यसैबीच  ताला करिब एक घण्टा पछि खाेलिएकाे प्रहरीले जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप