शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब ‘मेगा रेमीट’ सेवा इजरायलबाट पनि

आइतबार, ०१ असार २०७६, १६ : १४
आइतबार, ०१ असार २०७६

काठमाडौं– ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ । 

इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । 

जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । 

मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । अन्य देशहरुमा पनि यसैगरी रेमीट सेवा विस्तार गर्ने बैंकको योजना छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप