केन्द्रीय संस्करण

अब फिल्म शुक्रबार मात्रै रिलिज

person explore access_timeअसार १, २०७६ chat_bubble_outline0

काठमाडौं – नेपाली होस् वा हिन्दी फिल्म अब भने नेपालमा रिलिज शुक्रबार नै हुने भएको छ । चलचित्र विकास बोर्डले सबै प्रकारको नयाँ फिल्म नेपालमा शुक्रबार मात्र रिलिज हुने जनाएको छ ।

चलचित्र विकास बोर्डले शुक्रबार मात्र फिल्म रिलिज गर्ने निर्णयको बिरुद्धमा फिल्म बितरक कम्पनी ब्याङ्कटेस इन्टरटेन्मेन्टले फिल्म ‘भारत’ रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो । त्यसमाथि कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म ‘भारत’ को बुधबार रिलिज नरोक्न स्टे अर्डर दिइएको थियो । सोही कारण भारत बुधबार नै नेपालभर रिलिज भएको थियो ।

चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रबद्र्धनको लागि सबै फिल्म शुक्रबार नै रिलिज बोर्डले गरेको निर्णय काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरणको रुपमा पठाएको थियो ।

चलचित्र विकास बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले अघिल्लो स्टे अर्डर खारेज गरेको बोर्ड अध्यक्ष केशव भट्टराइले बताए । उनले अब सोही प्रकृतिका मुद्धाहरु समेत अदालतमा नजाने जानकारी दिए ।

ब्याङ्कटेस इन्टरटेन्मेन्टले भारत रिलिजका लागि आफ्नो स्वार्थका आधारमा एक पक्षिय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कार्वाहीलाई थाती राख्दै स्टेअर्डर दिएको थियो । विकास बोर्डको स्पष्टिकरण पछि उक्त मुद्दालाई पूर्ण रुपमा कार्वाही गर्दै स्टे अर्डर खारेज गरेको हो ।

स्टे अर्डर खारेजसँगै अब सबै फिल्म शुक्रबार मात्रै रिलिज हुने बोर्डले जनाएको छ । ‘एउटा घटनाबाट पाठ सबै निर्माता र वितरकले सिक्नु जरुरी छ । यो घटना कसैको फाइदा र बेफाइदाको लागि हैन । समग्र नेपाली फिल्मको पक्षमा, नेपाली फिल्मको हितमा हो’ बोर्ड अध्यक्ष भट्टराईले भने ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...