शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१३ औं इक्यान शैक्षिक मेला अन्यौलमा

आइतबार, ०१ असार २०७६, १८ : ४९
आइतबार, ०१ असार २०७६

काठमाडौं– आउँदो अषाढ २६ देखी २९ गतेसम्म भृकुटीमण्डपमा हुने भनिएको इक्यानको १३ औं शैक्षिक मेला अन्यौलमा परेको छ ।  शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखी लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर्दै आइरहे पनि यो पटक भने आन्तारिक र बाहिरी प्रतिकूलताका कारण अन्यौल देखिएको हो । 

शिक्षा मन्त्रालय लगायतका सरकारी निकायबाट (स्नातक एवं स्नातकोत्तर)सँग नजोडिएका भाषा तथा अन्य शैक्षिक कार्यक्रमहरु अध्ययन गर्न जान अत्यावश्यक रुपमा चाहिने नो अब्जेक्सन लेटर नदिने सूचना जारी हुनु र त्यसले मेलामा सहभागि हुने स्वदेशी शैक्षिक परामर्श संस्था एवं विदेशी शिक्षा प्रदायकहरुको संख्या न्युन हुनु, वर्तमान नेतृत्वसंग विभिन्न गुनासो राख्दै संघका सदस्यहरुको ठूलो संख्या संघबाट बाहिरिनु, जापानिज भाषा एवं अन्य शैक्षिक कार्यक्रमहरुको प्रवद्र्धन गर्ने शैक्षिक परामर्श संस्थाहरुको विगतका मेलाहरुमा महत्वपुर्ण उपस्थिती भए पनि अहिले कम हुनु, सन्  २०१९ को जनवरी महिनादेखी अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई प्रवेशाज्ञा दिन अत्यन्तै कडाई गर्नु लगायतका कारण मेला हुने वा नहुनेमा अन्यौलता छाएको जनाइएको छ । 

शैक्षिक परामर्श संघ नेपाल २२ वर्ष अगाडि स्थापना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप