मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर/उपमेयरको अडानको कारण ३६ करोड रकम फ्रिज हुनसक्ने

आइतबार, ०१ असार २०७६, १९ : ३६
आइतबार, ०१ असार २०७६

रौतहट । रौतहटको मध्यभागस्थित देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल र उपमेयर परनिया देवी पटेलबीच आरोप प्रत्यारोपको कारण झण्डै ३६ करोडको  विकास बजेट फ्रिज हुने अवस्था भएको छ ।

आर्थिक बर्षको अन्तिम महिनाको पहिलो दिन उपमेयर परनिया देवी पटेलले मेयर पटेलको हठ र आर्थिक मोहको कारण नगरको करोडौंको विकास बजेट फ्रिज हुन लागेको बताईन् । 

उपमेयर पटेलले आज पत्रकार सम्मेलनको आयोजना गरी मेयर धर्मेन्द्र पटेलले गत बर्षको जस्तो विना परिषद् करोडौँ रकम अनियमितता गर्न नपाएकै कारण नगर परिषद्लाई पुूर्णता दिन नमानेको आरोप लगाईन् ।

गत माघ २० गते वडा भेला र सिलिंग बाँडफाडपछि सर्वसहमतिमा मेयर धर्मेन्द्र पटेलले दोस्रो नगरपरिषद्को उद्घाटन गरेका थिए ।

उद्घाटनपछि तिनदिन सम्म चलेको बन्दसत्रमा सहमतिकै आधारमा योजना छनौट भएको थियो । परिषद्को निर्णय पुस्तिकामा उपस्थितिमा मेयर पटेलले हस्ताक्षर गरेपछि सबै योजनाहरु समावेश भएको थियो ।

निर्णय पुस्तिकाको बन्दमा स्वंय हस्ताक्षर गर्छुु भनेका मेयर धर्मेन्द्र पटेलले केही कर्मचारीसँगको विवादपछि आफूलाई जानकारी नगराई योजना छनौट र टेण्डर आव्हान गरेको झूठा आरोप लगाएको उपमेयर परनिया देवी पटेलले पत्रकार सम्मेलनमा जानकारी गराईन् ।

जनप्रतिनिधिको विवादमा जनताको विकास रोकिनुुहुँदैन भने मान्यताका साथ देवाही गोनाही नगरपालिकाको विवाद समाधान गर्न पटक–पटक जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय जाँदा पनि कतैबाट कुनै पहल नभएको उनले गुुनासो गरिन् ।

संग्रहालय निर्माणको टेण्डरको सूचना नगरपालिकाको कार्यालयमा टाँस गरेर पत्रिकामा समेत सुुचना प्रकाशन गर्दा मेयर पटेलले सोबारे आफूहरुले जानकारी नगराएको झुुठा आरोप लगाएको उपमेयरले दावी गरिन् । 

स्थानिय निर्वाचनपछि पहिलो पटक गत बर्ष मेयर धर्मेन्द्र पटेलले तत्कालिन नगरका कर्मचारीहरु मनोज झा, नबिन यादव, सुुमन कार्कीको मिलोमतोमा बिना परिषद् झण्डै ३ करोड रुपैयाँ केही ठाँउमा स्काभेटर लगाएर फर्जी बिल बनाएर सिध्याएको आरोप लागेको थियो । 

मेयर धर्मेन्द्र पटेलले केहीसमय अघि नगरपालिकाका प्रशासकिय अधिकृत मनोज रजकसँग परिषद्बाट पछि रुजुु गराउने गरी ५० लाख रुपैयाँको माग गरेका थिए ।

अधिकृत रजकले बिना परिषदको निर्णय त्यत्रो रकम आफूले दिन नसक्ने बताएपछि मेयर पटेलले अधिकृत रजकमाथि विभिन्न आरोप लगाईरहेको उपमेयर परनिया देवीले दावी गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप