बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारको कुल बजेट ३८ अर्ब ७२ करोड

आइतबार, ०१ असार २०७६, १९ : ५८
आइतबार, ०१ असार २०७६

जनकपुर । प्रदेश नम्बर २ को सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट प्रस्तुत गरेको छ ।

कूल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेटमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूजिँगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट प्रस्तुत गरिएको छ । 

चालूतर्फ ४९.८१ प्रतिशत र पूजिँगततर्फ ५०.१९ प्रतिशत बजेट छुट्याएको छ ।

प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । सरकारले प्रस्तुत गरेको बजेटमा ‘बेटी पढाउ बेटी बचाउ’ अभियानका लागि ३९ करोड ३३ लाख, छोरी मुद्दती कार्यक्रमका लागि ९० करोड बजेट छुट्याइएको छ । 

कक्षा १ देखि ८ सम्मका दलित छात्राका ५ सय रुपैयाँको दरले छात्रवृत्ति उपलब्ध गराउनका लागि ४८ करोड बजेट छुट्याइएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत धार्मिक सम्पदा संरक्षण, जलाशय संरक्षणका लागि ३१ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

कृषिमा आधुनिकीकरण ल्याउन प्रत्येक पालिकामा एउटा कस्टम हेयरिङ सेन्टर निर्माणका लागि २० करोड रुपैया छुट्याइएको छ ।

प्रत्येक प्रदेश सांसदलाई ३ करोड

प्रदेश नम्बर २ सरकारले प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदहरूलाई ३ करोडका दरले बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट पेश गर्दै प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सो जानकारी दिएका हुन् । 

स्वास्थ्यतर्फ जनकपुर अञ्चल अस्पताललाई प्रदेशकै नमुना अस्पताल निर्माणका लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्येक जिल्लाको जिल्ला अस्पतालको गुणस्तरीयता वृद्धिका लागि ३० करोड रुपैयाँ विनियोजित गरिएको छ भने सर्पदंश तथा अनुसन्धान केन्द्र स्थापनाका लागि १४ करोड ७१ लाख ३३ हजार रुपैयाँ छुट्याइएको छ ।

सिचाईंतर्फ प्रदेशको ८ वटै जिल्लामा मझौला सिचाईं प्रणाली तथा अन्य सिचाईं आयोजनाहरु सञ्चालन गर्नका लागि १ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

त्यस्तै जनता आवास कार्यक्रम अन्तर्गत डोम, मुसहर, मेस्तर, हल्खोर लगायत दलित लोपोन्मुख लक्षित वर्गका लागि १ अर्ब ३८ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

प्रदेशभित्रका प्रादेशिक सडक तथा पालिकाहरु जोड्न अन्तरपालिका सडक सुधार तथा निर्माणका लागि ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सौर्य उर्जातर्फ प्रत्येक जिल्लामा २५ मेगावाटको दरले २ सय मेगावाटको सौर्य उर्जा प्लान्ट निर्माणको साम्भाव्यता अध्ययनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

‘चुरे जोगाउ, मधेश बचाउ’ नाराका साथ चुरे क्षेत्रको दोहन भु–क्षय बाढी पहिरो, नियन्त्रणका लागि चुरे क्षेत्रलाई पानी पुनर भरन क्षेत्रको रुपमा विकास गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप