बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्छ : नेता सिंह

आइतबार, ०१ असार २०७६, २० : ५३
आइतबार, ०१ असार २०७६

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरोकारवालासँग छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्ने बताएका छन् । 

नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘विरोध सभा’लाई सम्बोधन गर्दै उहाँले संसद्मा पेश गरिएको गुठी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए । 

‘गुठी विधेयक नेपालको संस्कृति र सभ्यतामाथिको प्रहार गर्ने किसिमले आएको छ, यो काङ्ग्रेसलाई मान्य हुँदैन’, उनले भने । 

सरोकारवालासँग छलफल र परामर्श नगरी गलत मनसायबाट गुठी विधेयक आएको उनको भनाइ छ । उनले गुठी अधिकार सुरक्षित गर्न काङ्ग्रेसले सदन र सडकमा आन्दोलन गर्ने स्पष्ट पारे । नेता सिंहले वर्तमान सरकारले गुठी विधेयकबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उल्लेख गरे । 
    
काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको विधेयक कुनै हालतमा काङ्ग्रेसले नमान्ने बताए । ‘सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार आयोग, गुठियारमाथि दमन गर्न खोजेको छ’, उनले भने ।

उनले नेपालको सभ्यता नेवार सभ्यताबिना असम्भव रहेको भन्दै नेवारको धर्म, संस्कृति परम्परालाई हस्तक्षेप गरे काङ्ग्रेस कडारूपमा आन्दोलनमा उत्रने उल्लेख गरे । धर्म संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ थियो । 

काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गुठी विधेयकले धर्म परम्परा र जात्रामाथि प्रहार गर्न खोजेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप