बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको टोखामा भीषण आगलागी

आइतबार, ०१ असार २०७६, २१ : ४७
आइतबार, ०१ असार २०७६

काठमाडौं– राजधानीको टोखामा आइतबार राती भीषण आगलागी भएको छ। टोला नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेको व्यापारिक टहरोमा आगलागी भएको हो । 

आगलागीबाट अहिलेसम्म टहरोमा सञ्चालित पसलका ८ वटा सटर जलेर नस्ट भएको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख इन्सपेक्टर मोहन केसीले जानकारी दिए । 

उनका अनुसार अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सो टहरोमा किराना, फेन्सी, तरकारीलगायतका दर्जनबढी पसल सञ्चालनमा रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप