बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र अमेरिकाबीच पनि बढ्यो टक्कर, अमेरिकी सामानमा बढ्यो कर

आइतबार, ०१ असार २०७६, २२ : १८
आइतबार, ०१ असार २०७६

नयाँदिल्ली– भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखर समेतका सामानमा करवृद्धि गरिएको छ ।भारत र अमेरिकाबीच पछिल्लो समय आपसी सम्बन्ध निकै प्रगाढ रहेको भनिए पनि दुबै देशले एकअर्का मुलुकका सामानमा करवृद्धि गरेका छन् ।

तैपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषि लगायतका कतिपय क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै आएका छन् ।

भारतले अमेरिकी सामानमा १२० प्रतिशतसम्म करवृद्धि गरेको छ । आगामी जुन २८–२९ मा जापानको ओशाकामा हुने २० औद्योगिक राष्ट्रहरुको सम्मेलनका क्रममा पनि करवृद्धिका विषयमा भारत र अमेरिकी नेताहरुबीच छलफल हुन सक्नेछ ।

सरकारी विवरण अनुसार भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब अमेरिकी डलर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप