शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतसँग पाकिस्तान ८९ रनले पराजित

सोमबार, ०२ असार २०७६, ०८ : ५३
सोमबार, ०२ असार २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई फेरि हराएको छ । विश्वपमा पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । 

आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ८९ रनले हरायो । जारी विश्वकपमा भारतको यो तेस्रो जित हो ।

भारतले दिएको तीन सय ३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर एक ६६ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको थियो । 

त्यसपछि ४० ओभरमा झारिएको खेलमा पाकिस्तानले डकवर्थ एन्ड लेविस नियमका आधारमा तीन सय २ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा पाकिस्तानले दुई सय १२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि फाखर जामनले ६२ रन बनाए । बाबर आजमले ४८, इमाद वासिमले अविजित ४६, सदाव खानले २० र कप्तान सरफराज अहमदले १२ रन बनाए । भारतका कुलदीप यादव, हार्दिक पाण्ड्या र विजय शंकरले समान दुई दुई विकेट लिए ।

यसअघि अटस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ३६ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले शतक र कप्तान विराट कोहली तथा लोकेश राहुलले अर्धशतकीय पाली खेले ।

रोहितले एक सय ४० रन बनाए । जारी विश्वकपमा रोहितको दोस्रो शतक हो । यसअघि उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए । कोहलीले ७७, लोकेशले ५७, हार्दिक पाण्ड्याले २६ र विजय शंकरले १५ रन बनाए । पाकिस्तानका मोहम्मद आमिरले तीन विकेट लिए । हसन अली र वाहव रियाले एक एक विकेट लिएका थिए । जितसँगै चारखेलबाट सात अंक बनाएको भारत तेस्रो स्थानमा उक्लिएको छ । तीन अंकमा सिमित पाकिस्तान नवौं स्थानमा छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप