मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले इरानसँग युद्ध गर्ने बारेमा पनि विचार गरिरहेको अमेरिकी विदेश मन्त्रीको भनाई

सोमबार, ०२ असार २०७६, १० : १६
सोमबार, ०२ असार २०७६

एजेन्सी । आइतबार एक टेलिभिजन अन्तरवार्तामा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले इरानसँगको तनाव सल्टाउन आफूहरुले ‘कयैन विकल्पमा विचार गरिरहेको’ बताएका छन् ।

त्यस क्रममा उनले सैन्य विकल्प पनि आफूहरुको विकल्पमा रहेको बताए । तर उनले राष्ट्रपति ट्रम्प युद्धको पक्षमा नरहेको पनि पुनः दोहो¥याए ।  

‘अमेरिका धेरै विकल्पमा विचार गरिरहेको छ । हामीले एक दुई पटक राष्ट्रपतिलाई पनि यसबारे जानकारी गराइसकेका छौँ र थप अपडेटबारे पनि अवगत गराउनेछौँ । हाम्र्रो लक्ष्य शान्ति पुनःस्थापित गर्ने हो । यो उद्देश्यको लागि हामी आवश्यक कदम चाल्न आत्मविश्वासी छौँ,’ पोम्पेओले सीबीएस टेलिभिजनको ‘फेस द नेसन’मा भने ।

प्रस्तोताले सैन्य विकल्प पनि विकल्पमा समावेश छ भन्ने प्रश्न गर्दा पोम्पेओले भने, ‘ निश्चित रुपमा छ ।’

मध्यपूर्व क्षेत्रको समुन्द्रमा तनाव बढिरहँदा पोम्पओको यस्तो भनाई आएको हो ।

हालसालै त्यस क्षेत्रको रणनीतिक रुपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हरमुज’मा दुई ट्याकंरमाथि आक्रमण भएको थियो । विश्वको समुन्द्र मार्गबाट हुँदै आवगमन हुने कच्चा तेलको ३० प्रतिशत हिस्सा ‘स्ट्रेट अफ हरमुज’बाट गुज्रिन्छन् ।

त्यो साघुरो समुन्द्री विन्दूमा छेउका राष्ट्रले सजिलै अवरोध पु¥याउन सक्ने भएकाले यो विन्दू राजनीतिक र आर्थिक रुपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । 

इरानले कुनै पनि आक्रमणमा आफ्नो संलग्नता नभएको बताएको भए पनि अमेरिकाले भने गल्फ अफ ओमनमा पछिल्लो समय भएको तेल ट्याकंरमाथिको आक्रमणका लागि इरानलाई दोष दिएको छ ।

आरोप लगाउनेमा अमेरिकासँग ब्रिटिस विदेश मन्त्रालय, साउदी अरब र संयुक्त अरब एमिरेट पनि उभिएका छन् । 

सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप