शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वेस्ट इन्डिज र बंगलादेश भिड्दै

सोमबार, ०२ असार २०७६, १० : ५७
सोमबार, ०२ असार २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) वेस्ट इन्डिज र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । काउन्टी स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने अभियानमा छन् ।

वेस्ट इन्डिज विश्वकपको अनुभवी टोली हो । उसले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा पराजित भएको थियो । छैटौं पटक विश्वकपमा सहभागिता जनाई रहेको बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन ।

दुवै टोलीले आज विश्वकपमा पाँचौं खेल खेल्दैछन् । दुवैले तीन तीन अंक बनाएका छन् ।  वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र बंगलादेश आठौं स्थानमा छ । यी दुवै टोलीले एक एक खेल जितेका छन् । एक एक खेलमा हार खेपेका दुवै टोलीको एक एक खेल बर्षाका कारण रद्ध भएको थियो ।

विश्वकपमा यी दुई टोलीबीच यसअघि भएको भिडन्तमा भने वेस्ट इन्डिज बलियो छ । यसअघि दुई टोली चार पटक भिडेका थिए । जसमा तीन खेल वेस्ट इन्डिजले जितेको थियो भने एक अनिर्णित रूपमा सकिएको थियो । जासन होल्डरको कप्तानीमा रहेको वेस्ट इन्डिज र मसरफे मोर्तजाको कप्तानीमा रहेको बंगलादेशको स्तर समान छ । त्यसैले अघिल्लो चरणमा पुग्न आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप