'गुठी संस्कृतिको स्थानमा होली वाइनको संस्कृतिलाई प्रतिस्थापन गर्ने आत्मघाती बाटोमा सरकार'
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको वर्तमान दुई तिहाईको सरकारले नेपाल र नेपाली समाजको धार्मिक सांस्कृतिक समाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरी योजनाबद्धरुपमा गुठी विधेयक २०७५ ल्याएको नेपाली काँग्रेसले आरोप लगाएको छ ।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले नेपाली समाजको गौरवपूर्ण मौलिक संस्कृति र पहिचना मेटाउँदै होली वाइनको अभिषेकको संस्कृतिलाई प्रतिस्थापन गर्ने आत्मघाती बाटोमा सरकार उद्दत भएको आरोप लगाएका हुन् ।
विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको आन्दोलनमा नेपाली काँग्रेसको ऐक्यबद्धता र समर्थन रहेको बताए ।
‘सरकार अहिले अन्धो भएको छ । दिनानुदिन बढिरहेको आन्दोलन देखिरहेको छैन । सरकार बहिरो भएको छ, जनताको आवाज सुनेको छैन,’ बडुले भने, ‘आन्दोलनलाई फगत सरकारको विरोध भनेर दमनमा सरकार उत्रिएको छ ।’
बडुले तत्काल उक्त विधेयक फिर्ता लिएर वार्ता र संवादको बाटोमा जान सरकारसँग जोडदार माग गर्दै यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुने चेतावनी पनि दिए ।
उनले गुठी विधेयकबारे सरकारले दोहोरो चरित्र देखाएको पनि आरोप लगाए । ‘प्रधानमन्त्रीले यसरबारेमा सोचिनेछ, विचार गरिनेछ भन्ने र सरकारकै प्रवक्ताले सामन्ती अवशेष समाप्त पारेरै छाडिने अभिव्यक्ति दिने ? यो सरकारको दोहोरो चरित्र भयो । यो कुटेजस्तो र रोएजस्तो नाटक हामीलाई स्वीकार्य छैन ।
बडुका अनुसार संविधानको भाग ३ मौलिक हकको धारा २६ (२) ले प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल र धार्मिक गुठी संचालन गर्ने हक हुनेछ भन्ने स्पष्ट उल्लेख गरेको छ ।
प्रस्तावित विधेयकको दफा ४ मा सरकारले प्राधिकरण गर्ने र दफा २३ मा गुठीको हक र दायित्व प्राधिकरणमार्फत सरकारमा हुने भनिएको छ । ‘यो स्वीकार्य हुन सक्दैन । यो आपत्तिजनिक छ,’ बडुको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली