बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भनरले भनेजस्तै लघुवित्तको सेयर मूल्य ३६ सय देखि ४ हजारसम्म छ त ? यस्तो छ वास्तविकता

सोमबार, ०२ असार २०७६, ११ : ३२
सोमबार, ०२ असार २०७६

सेयर बजार लगातार ओरोलो लागिरहेको छ । महिनाको पहिलो दिन र साताको पनि पहिलो दिन (असार १) ११.३६ अङ्कले घटेको छ । ठूला ठूला चुक्ता पुँजी भएका कम्पनीको सेयर मूल्य अवमूल्यन भइरहेको बेला कम पुँजीका लघुवित्त कम्पनीमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । यसको पुष्टि ती कम्पनीहरूको हाल कायम रहेको सेयर मूल्यले गर्छ । 

लघुवित्त कम्पनीको सेयर मूल्य बढी भएको विषयको उठान नेपाल राष्ट्र बैङ्कका गर्भनरले समेत एक कार्यक्रममा गरेका छन् । नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. चिरञ्जीवी नेपालले  गरिब वर्गहरूलाई ऋण दिने लघुवित्त कम्पनीको सेयरमूल्य किन ८ अर्ब चुक्तापुँजी भएका वाणिज्य बैङ्कको भन्दा बढी हुन्छ भन्दै प्रश्न उठाएका थिए । यसो हुनुमा चलखेल भएको हुन सक्ने उनको आशङ्का छ ।

‘८ अर्बको चुक्तापुँजी हुने बैङ्कको सेयर मूल्य २, ३ सय छ । लघुवित्तको ३६ सय देखि ४ हजारसम्म छ । कुन हैसियतमा कारोबार भएको छ, यसैमा प्रश्न खडा भएको छ’ । यो गभर्नरले एक कार्यक्रममा दिएको अभिव्यक्ति हो । 

गर्भनरले भनेजस्तै लघुवित्तको सेयर मूल्य ३६ सय देखि ४ हजारसम्म छ त ? हामीले लगानीकर्तालाई लघुवित्तको पछिल्लो सेयर मूल्य देखाउँन खोजेका छौँ । 

अहिलेको समयमा लघुवित्तको सङ्ख्या बढी भएकाले स्वतःस्फूर्त मर्जमा जान पनि उनले आग्रह गरेका थिए ।  बाध्यकारी भएर आफूले कदम चाल्न नपरोस् भन्दै यस्ता कम्पनीलाई खबरदारीसमेत गर्न भ्याए । 
आइतबार (असार १) नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार पछिको लघुवित्त वित्तीय संस्थाको  सेयर मूल्य यस्तो छ ।

सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी जनउत्थान लघुवित्त रहेको छ । यसको बजार मूल्य प्रतिकित्ता १ हजार ८ सय ४ रुपैयाँ रहेको छ ।  त्यसपछि नेसनल माइक्रोफाइनान्स छ, जसको सेयर मूल्य १४०४ रुपैयाँ रहेको छ । ग्लोबल आईएमई लघुवित्तको १ हजार २ सय ६८ रुपैयाँ प्रतिकित्ता सेयरमूल्य छ । जब कि ग्लोबल आईएमई बैङ्कको प्रतिकित्ता सेयर २९८ रुपैयाँ छ । 

सबैभन्दा बढी सेयर मूल्य भएका लघुवित्त कम्पनी 

जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क      ः १८०४  रुपैयाँ
नेसनल माइक्रो फाइनान्स                 ः १४७८  रुपैयाँ
फरवार्ड माइक्रोफाइनान्स                    : १४०४ रुपैयाँ
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था         ः १२६८रुपैयाँ
समता माइक्रो फाइनान्स                    : १२२५  रुपैयाँ
एनएमबी माइक्रो फाइनान्स                 ः १००० रुपैयाँ
छिमेक लघुवित्त विकास बैङ्क                : ९३९ रुपैयाँ
माहुली सामुदायिक लघुवित्त                 ः ९०० रुपैयाँ
निर्धन उत्थान लघुवित्त                     ः ८४० रुपैयाँ
स्वावलमबन लघुवित्त                     ः ८८० रुपैयाँ
डिप्रोक्स लघुवित्त वित्तीय संस्था             ः ७०७ रुपैयाँ
सूर्योदय लघुवित्त                         ः  ७३५ रुपैयाँ


७ सयभन्दा कम मूल्यका सेयर भएका लघुवित्त

आशा लघुवित्त वित्तीय संस्था        ः ४१६ रुपैयाँ
सिभिल लघुवित्त वित्तीय संस्था      ः ५७० रुपैयाँ
फस्र्ट माइक्रो फाइनान्स             ः  ३८६ रुपैयाँ 
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था: ३५८ रुपैयाँ
लक्ष्मी लघुवित्त वित्तीय संस्था         ः ६९३ रुपैयाँ
महिला सहयात्रा माइक्रोफाइनान्स    : ४५७  रुपैयाँ
मेरो माइक्रोफाइनान्स             ः ५६५ रुपैयाँ  
मिथिला लघुवित्त                   ः ४४२ रुपैयाँ
नाडेप लघुवित्त वित्तीय संस्था     ः ४४० रुपैयाँ 
नयाँ नेपाल लघुवित्त             ः ३८७ रुपैयाँ 
नेपाल एग्रो लघुवित्त            : ३२६ रुपैयाँ 
नेपाल सेभ लघुवित्त             ः ४०० रुपैयाँ
नेरुडे लघुवित्त विकास बैङ्क      ः ४९५ रुपैयाँ 
आरएमडीसी लघुवित्त             ः ६४८ रुपैयाँ
आरएसडीसी लघुवित्त             ः  ३७० रुपैयाँ
सामुदायिक लघुवित्त             ः ५४८ रुपैयाँ
स्पर्श लघुवित्त                 ः ५०५ रुपैयाँ
समिट लघुवित्त            : ५४० रुपैयाँ
सपोर्ट माइक्रो फाइनान्स        : ४१८ रुपैयाँ
स्वदेशी लघुवित्त             ः ५६० रुपैयाँ 
स्वरोजगार लघुवित्त         ः ४३२ रुपैयाँ
उन्नती माइक्रो फाइनान्स     ः ८२१ रुपैयाँ
विजय लघुवित्त             ः ५१५ रुपैयाँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप