बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘पर्फेक्ट’ महिला बन्ने चक्करमा

सोमबार, ०२ असार २०७६, १२ : १३
सोमबार, ०२ असार २०७६

महिलाहरु आफ्नो छवि समाजमा सधैँ सही होस् भन्ने चाहान्छन् । नेपालजस्तो पितृसत्तात्मक समाजमा महिलाहरु सधैँ पुरुषको नजरमा असल र चरित्रवान् बन्न चाहान्छन् । अझ भनौँ, समाजमा हरेक व्यक्तिबाट संस्कारी र सभ्य नारी बनेर प्रशंसा सुन्न चाहान्छन् । सधैँ र सबैको नजरमा राम्रो बन्ने मानसिकताले स्वयं महिलामा भने नकारात्मक प्रभाव पारिरहेको विज्ञहरु बताउँछन् । जसलाई ‘सुपरवुमेन सिन्ड्रोम’ भनिन्छ । उत्कृष्ट बन्ने दौडमा महिलाहरुलाई यो रोगले च्याप्दै लगेको छ । 

के हो ‘सुपरवुमेन सिन्ड्रोम’ ?
विज्ञका अनुसार घर–परिवारको जिम्मेवारी होस् वा करियरलाई उचाईमा पुर्याउँन होस् आजभोलि महिलाहरु हरेक कुरामा फिट रहन चाहान्छन् । जीवनमा हरेक क्षेत्रमा सही हुने लत लागेका महिलामा ‘सुपरवुमेन सिन्ड्रोम’ देखापर्छ । हरेक काममा सही हुनुपर्छ भन्ने मान्यता राख्ने क्रममा यदि कुनै काम बिग्रियो भने उनीहरु आफूलाई नै दाषी ठान्ने गर्छन् । र महिलाहरु डिप्रेशनको शिकार बन्न पुग्छन् । 
अनुसन्धानमा उल्लेख भएअनुसार गृहणी, सुत्केरी, कामकाजी महिला र सामाजिक अभियन्ताहरुमा यस्तो समस्या देखिन्छ । अनुसन्धानको अनुसार पढाईमा उत्कृष्ट हुने चक्करमा १३ देखि १८ वर्षका किशोरीहरुमा पनि यस्तो समस्या आउँनेगर्छ । 

‘सुपरवुमेन सिन्ड्रोम’का लक्षण
– एक उत्कृष्ट महिलाको छवी बनाएर राख्नु
–प्रशंसा सुन्नको लागि अरुलाई सधैँ खुशी राख्नु
– सर्वगुण सम्पन्न हुने भावना
–कसैसँग पनि खुलेर कुरा नगर्नु
–अरु मानिसको ध्यान आफूतिर खिच्नु
–आत्मसम्मान कम हुनु
–उत्कृष्ट बन्न ज्यादा कोसिस गर्नु

सेरोटोनिन हुनसक्छ कारण
विज्ञका अनुसार महिलाहरुमा यस्ता समस्या देखिनुको कारण सेरोटोनिन नामक तत्व हुनसक्छ । यो एउटा ब्रेन केमिकल हो । जसले उदासीपनलाई कम गर्ने र मुड राम्रो बनाएर तनावग्रस्त हुनबाट जोगाउँछ । मस्तिष्कमा सेरोटोटनिनको कमी पूरा गर्नको लागि एस्ट्रोजन बढाउँने खाना सेवन गर्नुपर्छ । 

कसरी बच्ने ? 

आत्म–अनुशासन 
यस्तो सिन्ड्रोमबाट बच्नको लागि आत्म–अनुशासन जरुरी हुन्छ । घर वा अफिसमा काम गर्दा आफ्नो लागि पनि समय निकाल्ने गर्नुपर्छ । कामबाट समय निकालेर आफ्नो लागि पनि केहि जसले तपाईंलाई खुशी दिन सकोस् । 

प्राथमिकतालाई सुनिश्चित गर्नुस्
एकै समयमा सबै काम गर्नसक्नु वा धेरै क्षेत्रमा उत्कृष्टता प्राप्त गर्नु सम्भव हुने कुरा होइन । यस्तो अवस्थामा आफ्नो प्राथमिकताको काम गर्ने र जरुरी चिजमा मात्रै ध्यान दिँदा समस्या आउँन सक्छ । 

धेरै अपेक्षा नगर्ने
हाम्रो समाजमा महिलाहरु आफ्ना नजिकका मान्छेसँग मात्र होइन आफैँसँग पनि धेरै आशा र अपेक्षा राख्ने गर्छन् । जुन कहिल्यै पूरा हुँदैन भने यसले सुपरवेमन सिन्ड्रोम जस्ता मानसिक रोगको जन्म दिन्छ । त्यसैले महिलाहरुले त्यतिमात्रै आशा र अपेक्षा गर्नुपर्छ जति प्राप्त गर्न सहज हुन्छ । र, आफ्नो भागमा त्यति नै काम राख्ने गर्नुपर्छ जति आफूले गर्न सहज हुन्छ । 

दोस्रो व्यक्तिको सहयोग
उत्कृष्ट महिला हुने नाममा महिलाहरु अरु व्यक्तिको सहयोग लिन हिच्किचाउँछन् । त्यसैले आफूले घरमा वा अफिसमा काम गर्दा आफूले मात्र नसकेको खण्डमा सहयोग माग्नु अत्यन्तै जरुरी हुन्छ । साथै, आफूले गर्न नसक्ने काम गर्न सक्दिन भनेर नकार्न पनि जान्नुपर्छ । 

दिनचर्यामा परिवर्तन 
घर र अफिसको काममा व्यस्त रहँदा महिलाहरु न खानपानमा ध्यान दिन्छन् न व्यायाम गर्छन् । जुन सिन्ड्रोमको सबैभन्दा ठूलो कारण हो । दैनिक जीवनमा महिलाहरुलाई आफ्नौ दैनिक जीवनमा व्यायाम, योगा जरुरत पर्छ । जसले दिमागमा ह्याप्पी हर्मोनको विकास गर्छ र उर्जावान् र खुशी पनि बनाउँछ । 

स्वस्थकर खाना
महिलाहरुले आफ्नो डाइट चार्टमा पोषक तत्व पनि समावेश गर्नुपर्छ । जस्तैः ओमेगा–३, भिटामिन, जिङ्क, प्रोटिन, क्याल्शियम जस्ता पोषक तत्वको नियमित सेवन गर्नुपर्छ । त्यसैगरी खानामा हरियो सागपात, फलफूल, ओट्स्, बिन्स, अण्डा, दूध, नट्स, पालक, कुखुराको मासु, माछा र गाजरजस्ता खानेकुरा खानुपर्छ । 

निन्द्रा
पूरा दिन काम गरेपछि पनि मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानमा समय बर्बाद पार्नुभन्दा समयमा नै सुत्नुपर्छ । शारीरिक र मानसिक दुवै रुपमा स्वस्थ रहन ७ देखि ८ घण्टा सुत्नुपर्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप