शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनआह्वानका सम्पादक डी.सी. लाई मातृशोक

सोमबार, ०२ असार २०७६, १३ : ०४
सोमबार, ०२ असार २०७६

काठमाडौं– डिस्कवरी न्यूज नेटवर्कद्वारा प्रकाशित जनआह्वान साप्ताहिकका सम्पादक तथा रातोपाटी डटकमका पूर्व सम्पादक कमलेश डी.सी. लाई मातृशोक परेको छ । 

आइतबार डी.सी.की आमा खुमा डी.सी. को  ८३ वर्षको उमेरमा दाङमा निधन भएको  हो । दम र निमोनियाबाट केही समययता ग्रस्त उनको फूलबारीस्थित निवासमै निधन भएको हो । 

मृतक खुमाको श्रीमान, चार छोरा र दुई छोरी छन् । उनको आइतबारनै अन्तिम संस्कार गरिएको छ । 

रातोपाटी डटकम दिवंगत खुमा डी.सी.प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप