बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजेट लक्षित समुदाय केन्द्रीत छः मुख्यमन्त्री पोखरेल

सोमबार, ०२ असार २०७६, १३ : २५
सोमबार, ०२ असार २०७६

बुटवल । प्रदेश नम्बर ५ का आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार प्रदेश सरकारले ल्याएको बजेट लक्षित समूदायतर्फ केन्द्रीत रहेको दावी गरेका छन् ।

प्रादेशिक अद्यावधिक योजना बनाएका कारणले ती योजनाहरुलाई आधार मानेर अहिले बजेट प्रस्तुत गरेको दावी गर्दै मूख्यमन्त्री पोखरेलले बजेट  कार्यान्वयन हुनेमा कुनै शंका नगर्न आग्रह गरे ।

पोखरेलले आइतबार प्रदेशसभामा ३६ अर्ब ४१ करोडको बजेट पेश गरेका थिए । आज बुटवलमा  आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको बताए ।

चालु आर्थिक वर्षको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको भन्दै उनले आगामी आवको बजेट ८ महिनामै खर्च गरिसक्ने बताए ।
मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेके भन्दै उनले प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने बताएका छन् । 

प्रदेश ५ काठमाडौं केन्द्रित अर्थतन्त्रलाई बाहिर ल्याउने गरी अघि बढेको पनि उनले बताए । आउँदो आर्थिक वर्ष कूल गार्हस्थ उत्पादन ८ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको र यो पूरा गरेरै छाड्ने उनले बताए । 
 बजेटको आकार चालु आर्थिक वर्षभन्दा करिब ८ अर्ब ३० करोडले बढेको छ। पुँजीगततर्फ कुल बजेटको ५१ प्रतिशत अर्थात् १८ अर्ब ५७ करोड ६४ लाख छ। 

चालुतर्फ ३७ प्रतिशत अर्थात् १३ अर्ब ४५ करोड ५ लाख बजेट विनियोजन भएको छ। वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहका लागि ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन भएको छ । यो कुल बजेटको १२ प्रतिशत हो । कृषि पेसा गर्नेका लागि ऋणको ब्याजमा अनुदान दिने तथा कृषि भूमिको जग्गा रजिस्ट्रेसन सहितका शुःल्क मिनाहा गर्ने कार्यक्रम बजेटमा उल्लेख छन् । 

 कृषी फर्मलाई श्रमिक उपलव्धः प्रदेश सरकारबाट 
मुख्यमन्त्री पोखरलेले प्रदेशमा खोलिएका कृषि फर्महरुलाई श्रमिक उपलव्ध गराउने बताए । उनले भने, ‘कृषि फर्ममा लगानी निजी क्षेत्रको तर श्रमिक प्रदेश सरकारले उपलव्ध  गराएर उत्पादन वृद्धि गर्नु छ ।’  

पाँच नम्बर प्रदेशमा रहेका कृषि प्राविधिक बढाउनका  लागि बिशेष व्यवस्था गरिएको उनले बताए । उनले कृषि पढाउने र रोजगरी  सिजर्ना गर्ने काम  हुने पनि बताए । कृषिमा आकर्षण बढाउनु र  बेरोजगारी घटाउने दुवै कामको सम्बोधनबाट हुने आशय व्यक्त गरे । 

बजेटमा ब्याज ऋण अनुदानका लागि १० करोड विनियोजन गरिएको छ । शीतभण्डार, बधशाला निर्माण, उत्पादित वस्तु बजारसम्म ल्याउन विशेष प्राथमिकता बजेटले दिएको छ । 

पाँच नम्बरमा १८.२ प्रतिशतमा रहेको गरिबी दरलाई १० प्रतिशतमा झार्ने गरी ल्याइएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले प्रदेशका सबै गाउँपालिकामा हुने गरी निरन्तरता पाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप