शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

सोमबार, ०२ असार २०७६, १३ : ३२
सोमबार, ०२ असार २०७६

भक्तपुर-सूर्यविनायक नगरपालिका-२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.९७ प १२१५ नम्बरको मोटरसाइकल चोरी गरी लाँदै गरेको अबस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप