शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूमिसम्वन्धी विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने दावी

सोमबार, ०२ असार २०७६, १३ : ३७
सोमबार, ०२ असार २०७६

काठमाडौं–विज्ञहरुले सरकारले ल्याएको भूमिसम्वन्धी विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने दावी गरेका छन् । 

भूमि विज्ञ जगत बस्नेतले भूमिहीनहरुलाई घरबासको तत्काल व्यवस्था हुने गरी कानुन बनाउन पनि सरकारसँग माग गरे । 

उनले भूमिहीनहरुले भोग चलन गर्दै आएको जग्गा उनीहरुले नै प्रयोग गर्न पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । 

सोमबार संघीय संसदको कृषि, संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा ‘भूमि सम्बन्धि विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले भूमिहीनहरुको समस्या समाधान हुने गरी कानुनी व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । 

भूमि तथा सहकारी विज्ञ केशव बडालले भूमिहिनहरुको समस्या अझै समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । 

उनले हिमाल, पहाड र तराईको उर्वरायुक्त जमिन बाँझो बस्न नदिने नीति तय गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

बडालले हिमाल, पहाड र तराईमा जग्गाको हदबन्दी तोक्दा फरकफरक मापदण्ड बनाउन पनि सरकारलाई सुझाव दिए । 

विज्ञहरुले दाङ, बाँके, बर्दियामा रहेका भूमिहिनको समस्या समाधानका लागि बसोबास आयोगले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप