मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘सानो मन’ ट्रेलर: आयुष्मान र शिल्पाको प्रेम र रोमान्स

सोमबार, ०२ असार २०७६, १४ : ५४
सोमबार, ०२ असार २०७६

काठमाडौं– २० असारबाट प्रदर्शनमा आउने फिल्म ‘सानो मन’ले अफिसियल ट्रेलर सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रचार–प्रसारका लागि ट्रेलर सार्वजनिक गरेको हो । 
फिल्मको यस अगाडि ‘रानु कम्मर’को गीत सार्वजनिक भएको थियो । जसको अहिले चर्चा छ । सार्वजनिक ट्रेलर प्रेम र रोमान्सले भरिएको छ ।ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव समेट समेटिएको छ । 

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण तयार भएको फिल्ममा लभस्टोरी रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास गर्न सकिन्छ ।  फिल्ममा आयुष्मान र शिल्पाको अलवा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त स्यानरमा फिल्म बनेको हो । 

सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।  फिल्मको एक गीत थाईल्यान्डको पतायाको समुन्द्री किनारमा खिचिएको छ । काठमाडौं, भैरहवालगायतका ठाउँहरुमा छायाँकन भएको फिल्मका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् । ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप