राजस्व चुहावट नियन्त्रण गर्ने नयाँ प्रविधि भित्रियो, यसरी गर्नेछ प्रविधिले काम
काठमाडौं– राजस्व चुहावट नियन्त्रणका लागि भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम लागू भएको छ । असार एक गतेदेखि परीक्षणको रुपमा शुरु भएको यस सिस्टम साउन १ गतेदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने राजस्व अनुसन्धान विभागले जनाएको छ । सिस्टमले बैध व्यापारलाई सहज र अवैध व्यापारलाई नियन्त्रण गर्ने विभागको दाबी छ । कुन समान कहाँ पुग्यो, कति पुग्यो भन्ने विषयलाई वेभबाटै ट्रयाकिङ गर्न सकिन्छ ।
आगामी आर्थिक वर्षको (२०७६/०७७) बजेटको बुँदा नम्बर २३१ मा समेत चोरी निकासी पैठारी तथा आन्तरिक उत्पादनको परिवहनलाई ट्रयाकिङ प्रणालीमा आबद्ध गरिने उल्लेख गरिएको छ । सोही विषय कार्यान्वयनका लागि विभागले अहिले परीक्षणको रुपमा ट्रयाकिङ सिस्टम ल्याएको हो ।
यो सिस्टमले अहिले राजस्व संकलन गरिरहेको पद्धति वा प्रणालीलाई विस्थापित गर्नेछैन । यसलाई फाइनान्सियल डाटा बैंकको रुपमा विकास गर्न सकिने विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । केन्द्रिय सर्भर सिस्टममा यो सफ्वेयर लिंक छ ।
राजपत्रमा प्रकाशित भएपछि मात्र यो सिस्टम लागू गर्ने व्यवस्था रहेकाले त्यसका लागि समेत प्रक्रिया अघि बढीसकेको महानिर्देशक मैनालीले भने । यो सिस्टमबाट बिलबिजकको कपी बुझाउने झन्झटबाट मुक्त हुने, राजस्व अनुसन्धानका चेकपोष्टहरु नरहने, तथ्यांक र सुचनामा सबै प्रयोगकर्ताको पहुँच हुने, मालधनीले आफ्नो मालवस्तुको मात्र जिम्मेवारी बहन गरे पुग्ने, गाडी नं. र ड्राइभरको नाम एकपटक इन्ट्री गरेपछि पटक-पटक गर्न नपर्ने लगायतका फाइदा रहेका छन् ।
मालवस्तु ढुवानी गर्ने साधनले मालसामान ढुवानी गर्नुपूर्व ढुवानी कम्पनी आयातकर्ताले मालसामानको विवरण वेभमा आधारित केन्द्रिय सुचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्नुपर्ने कानुनी व्यवस्थाका लागि विकास गरिएको नयाँ सफ्वेयर प्रणाली हो कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर