मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

सोमबार, ०२ असार २०७६, १७ : २१
सोमबार, ०२ असार २०७६

बझाङमा डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकैबाट मष्टा गाँउपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जीप दुर्घटना भएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ५ जना पुरुष, ३ महिला र एक नाबालिका रहेको स्थानीय डिबी खड्काले रातोपाटीलाई जानकारी दिए । 

यस्तै ५जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । 

जीप सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण खुलेको छैन ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप