शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित १७ जना प्रहरी नियन्त्रणमा

सोमबार, ०२ असार २०७६, १७ : ४२
सोमबार, ०२ असार २०७६

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार किर्तीपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट केन्द्रीय सदस्य सूर्य श्रेष्ठसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्की, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, सोभा सेञ्चुरी, सागर शाही, नरबहादुर कुमाल लगायत रहेका छन् ।

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसेका उनीहरुलाई प्रहरीले एक्कासि नियन्त्रणमा लिएको विद्यार्थी संगठनका काठमाडौं जिल्ला अध्यक्ष संघर्ष दाहालले जानकारी दिए । नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको उनले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हातपात गरेको र केन्द्रीय सदस्य सुर्य श्रेष्ठ लगायत ३ जना घाइते भएको समेत उनले बताए । नियन्त्रणमा लिने क्रममा घाइते हुनेहरुमा श्रेष्ठसहित राम नेपाली र कुमार बर्तौला रहेका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप