शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जीवजन्तुका लागि पनि असह्य गर्मी

मङ्गलबार, ०३ असार २०७६, ०६ : ३०
मङ्गलबार, ०३ असार २०७६

जेठमा नभएको गर्मी असार लाग्दै गर्दा धपक्कै बलेको छ । मानिसलाई मात्र हैन, स्वतन्त्र आकाश र जङ्गलमा विचरण गर्ने प्राणीका लागि पनि गर्मी असह्य बनेको छ । 

सहरतिर विचरण गर्ने चराहरू गर्मी सहन नसकेर नेपालगञ्ज बजारक्षेत्रमा चरा सडकमा खसेर मरेकोे स्थानीय बताउँछन् । “सहरमा चरा खसेर मरेको मैले पनि थाहा पाएँ”, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले थपे, “निकुञ्जभित्र भने हामी गर्मीबाट संरक्षण गर्ने अभियानमा छौँ । ” केही समयअघि डढेलोले वन्यजन्तु तर्साएको थियो । लगत्तै बढेको गर्मीले घनाजङ्गलमा बस्ने वन्यजन्तु होस् वा चराचुरुङ्गी आलसतालस परिरहेका छन् । त्यसक्षेत्रमा यतिबेला ४२ र ४३ डिग्री सेन्टिग्रेडको आसपासमा तापक्रम रहने गरेको छ । 

प्रमुख संरक्षण अधिकृत रेग्मीका अनुसार वन्यजन्तु र पक्षीले हिजोआज मध्य दिउँसो सयर गर्न र आहारा चर्न छाडेका छन् । “चराहरू साँझ, बिहान आहारा खाएर दिउँसो रुख, झाडीको शीतलमा आराम गर्न थालेका छन्,” रेग्मीले भने, “सुक्खा क्षेत्रमा घाँसेमैदानको विकाससँगै पोखरीमा पानी भरेर प्यास मेटाइदिने प्रयास गरिरहेका छौँ । ” 

उनका अनुसार यस वर्षमात्र निकुञ्जमा ७५ वटा पोखरी खनिए । जसमा तीन स्थानको प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ । यसैपाला सञ्चालनमा ल्याइएको सोलार पम्पबाट पनि पोखरीमा पानी भरिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप