बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली स्याटलाइटले आजबाट पृथ्वीको परिक्रमा थाल्यो

मङ्गलबार, ०३ असार २०७६, ०६ : ४५
मङ्गलबार, ०३ असार २०७६

 नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ ।  

यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याइएको उक्त स्याटेलाइट सोमबार दिउँसो ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो ।

जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको परिक्रमा गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप