मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालमा विज्ञको नाममा गैर–विज्ञको सेवा

मङ्गलबार, ०३ असार २०७६, ०७ : ०५
मङ्गलबार, ०३ असार २०७६

दिन–प्रतिदिन बिरामीहरुको उपचारमा लापरवाही भयो, बिरामीको अंगभंग भयो, मृत्युसमेत भयो भन्ने घटना बढी रहेको अवस्थामा पाटन अस्पतालमा विशेषज्ञले गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको व्यहोरा बाहिर आएको छ ।

नेपाल डेन्टल एशोसियसनले पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ओदान लगायतका निकायमा उजुरी दिएको छ ।

एशोसियसनले जेठ ३० गते दर्ता गरेको उजुरीमा –देशको प्रतिष्ठिन स्वास्थ्य संस्था, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागको अर्योडन्टिक्स तथा डेनटोफेसिय अर्थोपेडिक विभागमा गैर–चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराई सेवाग्राही बिरामीको आधारभूत अधिकारको समेत हनन हुनेगरी ठगी काम भैरहेको देखिएकोले कारबाही गरिपाऊँ ।

उजुरीमा भनिएको छ, देशमा कुचिकित्सकका कारण स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको पेशा निकै कमजोर र चुनौतीपूर्ण भएको अवस्थामा, यस्ता बदमासीप्रति मौन बस्न मिल्दैन, सेवाग्राहीको हकहित र इमान्दार पेशाकर्मीलाई समेत लाग्ने आक्षेपबाट बचाउन तत्काल कारबाही आवश्यक छ । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमिल्सिनाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप