इङ्ल्यान्ड र अफगानिस्तान भिड्दै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) आयोजक इङ्ल्यान्ड र अफगानिस्तान भिड्दैछन् । ओल्ड ट्राफोर्डमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा इङ्ल्यान्ड चौथो जित निकाल्ने अभियानमा छ । जारी विश्वकपमा दुवै टोलीले पाँचौं खेल खेल्दैछन् । यसअघिको चार खेलमा सबै हार खेपेको अफगानिस्तानको लक्ष्य पहिलो जित निकाल्नु रहेको छ । तीन जित र एक हार खेपेको इङ्ल्यान्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । अफगानिस्तान तालिकाको अन्तिममा छ ।
आयोजक इङ्ल्यान्ड यसपटक निकै राम्रो लयमा देखिएको छ । उपाधिको दावेदार इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डीङ उत्कृष्ट छ । टोलीमा अनुभवी र स्टार खेलाडी छन् । घरेलु मैदान र दर्शकको साथले पनि इङ्ल्यान्ड उत्हासित छ । अफगानिस्तानले विश्वकपमा दोस्रो पटक भाग लिएको हो । अघिल्ला खेलको हारले पनि अफगानिस्तान कमजोर बन्दै गएको छ ।
सन् २०१५ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको अफगानिस्तान यसपटक पनि त्यति जम्न सकेको छैन । यी दुई टोलीबीच तुलना गर्दा इङ्ल्यान्ड धेरै बलियो छ । यसअघि विश्वकपमा पनि इङ्ल्यान्डले अफगानिस्तानलाई नौ विकेटले हराएको थियो । त्यसैले आजको खेलमा इङ्ल्यान्ड सहज जित निकाल्ने प्रयासमा छ भने अफगानिस्तान बलियो इङ्ल्यान्डलाई कडा चुनौती दिने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने