बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अगामी ८ वर्षभित्र चीनलाई उछिनेर भारत हुनेछ सबैभन्दा बढी जनसंख्या भएको देश

मङ्गलबार, ०३ असार २०७६, १२ : २६
मङ्गलबार, ०३ असार २०७६

एजेन्सी ।संयुक्त राष्ट्रसंघको अर्थव्यवस्था र सामाजिक मामिला विभाग (यूएन–डीईएसए)ले विश्वको जनसंख्यासम्बन्धी एउटा रिपोर्ट सार्वजनिक गरेको छ । 

सोमबार सार्वजनिक रिपोर्ट अनुसार वर्तमान विश्वमा चीन १ अर्ब ४२ करोड जनसंख्या सहित सबैभन्दा बढी जनसंख्या हुने मुलुक बनेको छ । त्यसपछि १ अर्ब ३६ करोड जनसंख्या सहित भारत दोस्रो स्थानमा छ । 
रिपोर्टले भविष्यको जनसंख्या पनि प्रक्षेपण गरेको छ । जसअनुसार सन् २०२७ सम्ममा भारतको जनसंख्या चीनको भन्दा बढी हुनेछ । 

रिपोर्टमा जनाइए अनुसार सन् २०५० सम्म भारतको जनसंख्या १ अर्ब ६४ करोड हुनेछ । तत्कालीन अवस्थामा त्यो संख्या विश्वको कुनै देशको भन्दा बढी हुनेछ । 

२१ औं शताब्दीको अन्त्यसम्म विश्वको जनसंख्या ११ अर्बसम्म पुग्नेछ । 

सन् २०५० सम्म विश्वको कुल जनसंख्याको आधा भारत, नाइजेरिया, पाकिस्तान, कंगो, इथियोपिया, तान्जानिया, इण्डोनेशिया, इजिप्ट र अमेरिकामा बसोबास गरिरहेका हुनेछन् । 

संयुक्त राष्ट्र संघको अध्ययनका अनुसार आगामी ३० वर्षमा संसारको जनसंख्या करिब २ अर्ब बढेर ९.७ अर्ब हुने सम्भावना छ । 

अहिले विश्वको जनसंख्या ७.७ अर्ब छ । शताब्दीको अन्त्यसम्म यो जनसंख्या सबैभन्दा शिर्ष करिब १०.९ हुनेछ । 

६९ वर्षमै जनसंख्यामा तीन गुणाको वृद्धि
संयुक्त राष्ट्र संघको जनसंख्या विभागका निर्देशक जोन विल्मोथले ताजा अध्ययनबाट विश्वको जनसंख्या तीव्र बढिरहेको बताएका छन् । 

उनका अनुसार पछिल्लो ६९ वर्षमा संसारको जनसंख्या तीन गुणा बढेको छ । जोनले रिपोर्टभन्दा पनि थप जनसंख्या वृद्धि हुने पनि खतरा बताए । 

त्यस अनुमान अनुसार सन् २०५० सम्म विश्वको जनसंख्या १०.१ अर्ब हुनेछ र सन् २१०० मा १२.७ अर्ब हुन सक्छ । 

शताब्दीको अन्त्यमा सबैभन्दा धेरै जनसंख्या हुने ५ देश

सोमबारको संयुक्त राष्ट्र सघंको रिपोर्टअनुसार निम्न मुलुक यस शताब्दीको अन्त्यमा सबैभन्दा बढी जनसंख्या हुने देश हुनेछन् । 

१.भारत : १.५ अर्ब
२.चीन : १.१ अर्ब
३.नाइजेरिया : ७३.३ करोड
४.अमेरिका : ४३.४ करोड
५.पाकिस्तान : ४०.३ करोड
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप