बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली चुपचाप ८ मिनेट संसद रोष्टममा

मङ्गलबार, ०३ असार २०७६, १३ : १७
मङ्गलबार, ०३ असार २०७६

प्रतिनिधीसभाको बैठकमा संवोधनका लागि रोष्टममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षी दल काँग्रेसले ८ मिनेट अवरोध गरेको छ ।

मंलगबार बिहान ११ बजेका लागि डाकिएको बैठक १२ बजे सुरु भए लगतै कांग्रेसका सांसदहरुले प्रमुख प्रतिपक्षी दलको नेतालाई सुरुमा बोल्न दिनुपर्ने माग गर्दै रोष्टम घेराउ गर्न पुगे ।

सभामुख कृष्णबहादुर महराले पटक पटक पहिले प्रधानमन्त्रीको कुरा सुनेपछि प्रतिपक्षी दललाई आफ्नो कुरा राख्न दिन्छु भनेपनि उनीहरुले नाराबाजी गर्दै रोष्टम अबरोध गरिरहे ।

मंगलबारको संसद बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री ओलीले बोल्ने कार्यतालिका रहेको बैठकको सुरुमै कांग्रेस सांसदहरुले प्रमुख प्रतिपक्षी दललाई बोल्न समय दिनुपर्ने माग गर्दै रोष्टम घेराउ गरेका थिए ।

उनीहरुले संसदीय मर्यादा कायम गर, प्रतिपक्षले सदनमा बोल्न पाउनुपर्छ भन्दै नाराबाजी गरे । प्रधानमन्त्री ओलीले चुपचाप ८ मिनेटसम्म विपक्षी दलको नाराबाजी रोष्टमबाट हेरिरहे । सभामुख महराले भोलीसम्मका लागि बैठक स्थगित भएपछि रोष्टमबाट तल झरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्दै बाहिरिए ।

संसद सचिवालयले आजको बैठकको कार्यसूची तय गर्दा सुरुमा प्रधानमन्त्रीले संबोधन गर्ने बनाएको थियो । प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो नेताले सुरुमा बोल्न पाउने माग गरेपछि पटक–पटक छलफल समेत भएको थियो ।

सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतकसँग सभामुख महराले बैठक अघि छलफल गरेपनि सहमति जुटेको थिएन । फलस्वरुप बैठक सुरु हुने बित्तिकै काँग्रेसका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीले आफ्नो यूरोप भ्रमण र गुठी बिधेयकका बारेमा सम्बोधन गर्ने कुरा सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप