शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्ततः विवादास्पद गुठी विधेयक फिर्ता

मङ्गलबार, ०३ असार २०७६, १७ : ०३
मङ्गलबार, ०३ असार २०७६

काठमाडौँ–सरकारले अन्ततः गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिइन् । 

यो विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको हो । 

पत्रकार सम्मेलनमा विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएको भन्दै सरोकारवालासँग थप छलफल आवश्यक देखिएकाले विधेयक फिर्ता लिएको मन्त्री अर्यालले बताइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप