बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शुभबहादुरको स्याक्सो फोनको धुनमा लट्ठिए दर्शक

मङ्गलबार, ०३ असार २०७६, १८ : १५
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं – राजधानीबासी स्याक्सो फोनको धुनमा मन्त्रमुग्ध भएका छन् । बरिष्ट संगीतकार शुभबहादुर सुनामले सोमबार करिब डेढ घन्टा स्याक्सोफोन बजाएर मन्त्रमुग्ध बनाएका हुन् ।  स्याक्सोफोन बादन सम्बन्धि आफ्नो एकल साँगीतिक साँझ ‘स्याक्समाण्डौं’ मा प्रस्तुत भएका सुनामले दर्जनभन्दा बढी गीतका धुनहरु स्याक्सोफोना मार्फत प्रस्तुत गरेका थिए । कार्यक्रमको शुभारम्भमै स्वागत धुन अन्तर्गत शुभबहादुरले विभिन्न धुनहरु प्रस्तुत गरेर दर्शकको ताली र वाहवाही पाए । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यदेखि अग्रज गायक प्रेमध्वज प्रधान, गीतकार यादव खरेलदेखि संगीत क्षेत्रका अधिकाँश कलाकारहरु सुनामको स्याक्सोफोन धुनमा रमे । प्रस्तुतिको पहिलो चरणमा संगीतकार सुनामले नेपाली र अँग्रेजी गरेर आठ ओटा गीतको धुन स्याक्सोफोनमार्फत प्रस्तुत गरे ।

उनले मलाई नसोध कहाँ दुख्छ घाउ..., राजमति वामति..., माया रे..., आँखा छोपी नरोउ भनी..., हुँ यात्री एउटा..., उकाली ओरालीहरुमा...जस्ता गीतलाई स्याक्सोफोनको धुनमा प्रस्तुत गरे । उनलाई सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का बाद्यबादकहरुले बाद्यबादनमा निरन्तर साथ दिए । पहिलो चरणमै संगीतकार सुनामले टाईटानिक फिल्मको माई हार्ट विल गो अन..., गोईङ होम...जस्ता गीतलाई पनि स्याक्सोफोनमार्फत प्रस्तुत गरे । 

संगीतकार सुनामले प्रस्तुत गरेको पिँक प्यान्थर..., समर टाईम...जस्ता धुनहरु पनि त्यत्तिकै आकर्षक थिए । उनले गोरेटो यो गाउँको...लाई स्याक्सोफोनमा प्रस्तुत गर्दा यो गीतका गायक प्रेमध्वज प्रधानले निरन्तर तालीले साथ दिए । यस्तै बाबा र जाउ..., रेलीमाई...जस्ता गीतलाई पनि सुनामले स्याक्सोफोनमा प्रस्तुत गरे ।

बिगत ५२ वर्षदेखि स्याक्सोफोन बजाउँदै आएका सुनामले सात सयभन्दा बढी गीतमा संगीत गरिसकेका छन् । नेपालका अधिकाँश गीतमा स्याक्सोफोन बजाउने कलाकार पनि उनी नै हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप