द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगरौं: सिटौंला
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेता सिटौलाले द्वन्द्वकालका घटनाका दोषीमाथि तत्काल कार्वाही नगर्ने हो भने मुलुक पुनः अर्को द्वन्द्वमा फस्ने चेतावनी पनि दिए ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विस्तृत शान्ति सम्झौंतालाई कार्यान्वयनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राजनीतिक सहमतिको आधारमा द्वन्द्वकालीन न्याय निरुपण गर्न सरकार लागि परेको बताए । उनले त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोगको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेता भट्टराईले नेपालको संक्रमणकालीन न्याय निरुपणको काम सम्पन्न गर्न नेपाल आफै सक्षम रहेको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै