समता स्कुलका सञ्चालक उत्तम सञ्जेल प्रहरी नियन्त्रणमा
काठमाडौं । समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्पताल परिसरमै कर्मचारीको शंकास्पद मृत्यु भएपछि आफन्तले आन्दोलन गर्न थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विगत २ महिनायता उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
हाल सञ्जेल दम्पत्तीलई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । यता महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले सञ्जेललाई पक्राउ नगरिएको र आन्दोलनको स्थिति हेरेर शान्ति सुरक्षाको लागि वृत्तमा राखिएको बताए ।
क्लिनर तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।
सञ्जेल दम्पतीलाई नियन्त्रणमा लिएपछि तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै समता अस्पतालमा कार्यरत ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिई तामाङको आत्महत्याबारे अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके