नरसंहारको भिडियो अनलाइनमा राख्नेलाई २१ महिनाको जेल सजाय
मङ्गलबार, ०३ असार २०७६, १९ : ०९
वेलिङ्टन– न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ । नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आप्र्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै दोषी ठहर गरिएको छ ।
क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले बुधबार आप्र्समाथि सजाय सुनाएका थिए । अदालतमा आप्र्सले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए ।
क्राइस्टचर्चको मस्जिदमा भएको आक्रमणमा ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अरु केही घाइते भएका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी