शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश हुँदा गुठीका नाममा तनाव बढाउने प्रयास भयो : प्रधानमन्त्री ओली

मङ्गलबार, ०३ असार २०७६, २० : १८
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म विदेश गएपछि गुठीका नाममा तनाव बढाउने प्रयास भएको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा ओलीले भने, ‘म बाहिर गएपछि देशभित्र केही तनाव बढाउने प्रयासहरु भएछन् । खास गरी गुठी सम्बन्धी विधेयकको कुरालाई लिएर ।’

गुठी सम्बन्धी विधेयक २०३३ सालमा बनेको ऐन ०३३ सालको ऐनले गुठी संस्थान बनाएको समेत प्रधानमन्त्री ओलीले प्रष्ट पारे । गुठी संस्थानले राम्ररी काम गर्न सकेनन् भन्ने गुठीयारहरुले पहिलेदेखि आवाज उठाएको उनले बताए । 

हामीले गुठी संस्थानका पदाधिकारीहरुबाट उपयुक्त ढंगले काम गर्न भएन भनेपछि पुनर्गठन गर्न चाहेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले भने, ‘पुनर्गठन गर्न खोज्दा फेरि अदालतबाट पुनस्र्थापित भएर उनीहरु फर्किए । त्यसपछि गुठी संस्थानले गुठीहरुको सुसञ्चालन गर्न सकेन । त्यसलाई सुसञ्चालन गर्ने गरी कसरी अगाडि बढ्ने भन्दा त्यसलाई प्राधिकरणको रुपमा लैजाउ र त्यसलाई भंग गरेर अगाडि जाउ । हाम्रा गुठीहरु एउटा उल्टो र भ्रमपूर्ण कुराहरु परेको छ । प्रचारमा गएको छ ।’ 

हाम्रा सम्पदाहरुको, हाम्रा धरोहरहरुको, हाम्रा संस्कृतिको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको ओलीले बताए । उनले भने, ‘अहिले ल्याउन खोजेको विधेयक पनि त्यहि हो । त्यो संरक्षण गर्नका लागि हो । त्यसको दुरुपयोग नहोस् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप