बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

मङ्गलबार, ०३ असार २०७६, २० : ४६
मङ्गलबार, ०३ असार २०७६

सूर्यविनायक नपा– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा४ख ५६७१ नं को टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । 

साँगातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नंको स्कुटर बायाँ साइडको चक्कामा ठोक्किँदा काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्यविनायक नपा– ८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो । 

ठक्करबाट घाइते स्कुटर चालक श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले टिपर चालक रामेछाप सुनपाती नपा–३ घर भई हाल भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई महानगरीय प्रहरीवृत्त जगातीको हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप