बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले अरुण तेस्रोमा क्षति

मङ्गलबार, ०३ असार २०७६, २२ : ५३
मङ्गलबार, ०३ असार २०७६

सङ्खुवासभा-जिल्लाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु¥याएको छ । बाढीले मकालु–३ स्थित निर्माणाधीन अरुण तेस्रो आयोजनाको बाँधमा क्षति पु¥याउनुका साथै विभिन्न मेसिनसमेत बगाएको छ । 

प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार मकालु–५ मा अरुण तेस्रोको दुई सय क्विन्टल छड तथा निर्माण सामग्रीसमेत बगाएको छ । खाँदबारी नगरपालिका–१० चवाबेँसीमा पनि निर्माणाधीन कात्तिकेघाटको पक्की पुलका लागि राखिएका सामग्रीसमेत बगाएको छ ।

चिचिला गाउँपालिका–४ मा खाँदबारी–किमाथाङ्का सडक खण्डको सुम्भाभीरदेखि कप्तानेसम्मको तीन किलोमिटर सडक ठाउँठाउँमा बगाएको छ । मकालु गाउँपालिका–५ नुममा पहिरोले अजित राईको घर पुरेको लामाले जानकारी दिए । उक्त क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप