शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के युद्ध तर्फ लम्कँदैछन्  अमेरिका र इरान ?

बुधबार, ०४ असार २०७६, ०८ : ४२
बुधबार, ०४ असार २०७६

जोनाथन मर्कस /बीबीसी

खाडीमा तनाव गहिरिँदो छ । हालै अमेरिकाले एउटा भिडियो जारी गरेको छ जसमार्फत् यो दाबी गरिएको छ कि बिहिबार ओमानको खाडीमा दुई ट्याङ्करमा भएको हमलाका लागि इरान जिम्मेवार छ ।

यद्यपि, घटनाबारे विस्तृत जानकारी अझै आउन बाँकी नै छ । तर ट्रम्प प्रशासनले यो प्रमाणले सबै स्पष्ट पारेको दाबी गरिरहेको छ ।

यहाँ प्रश्न यो उठ्छ कि अब के होला ? अमेरिकाले यसको जवाफ कसरी देला ? मामला गहिरिँदै छ ।

पेन्टागनले जारी गरेको धमिलो भिडियोमा एउटा सानो इरानी जहाज देखिएको छ र यो जहाजका चालक दलका सदस्यले बिहिबार हमलाको शिकार भएका दुई ट्याङ्करमध्ये एकको बाहिरी भागबाट बिस्फोटक निकालिरहेका थिए ।

यो मामलामा इरान र ट्रम्प प्रशासन दुबैले एकअर्का माथि आरोप प्रत्यारोप गरिरहेका छन् ।

इरानले हमलामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउँदै आएको छ । यसअघि मे महिनामा संयुक्त अरब इमिरेट्समा पनि जहाजमाथि चारपटक हमला भएको थियो त्यतिबेला पनि इरानले यसमा आफ्नो हात नभएको स्पष्ट पारेको थियो ।

अमेरिकाले अब ती दुबै मामलाका लागि इरानलाई जिम्मेवार बताइरहेको छ । र यसले अहिलेको शीतयुद्धलाई आमनेसामनेको लडाईंमा परिवर्तन गर्ने हो कि भन्ने डर छ ।

हालै अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले सिधा रुपमा इरानलाई हमलाको जिम्मेवार बताए ।

उनले भने, ‘यो आँकलन गोप्य जानकारी, हमलामा प्रयोग भएको हतियार, विशेषज्ञको जानकारी र इरानको तर्फबाट हालै जहाजमा गरिएको यस्तै हमलाको आधारमा गरिएको हो । यो क्षेत्रमा सक्रिय अन्य कुनै पनि समूहसँग यस्तो हमलाका लागि ती स्रोत साधन र विशेषज्ञता छैन । यो पनि एउटा तथ्य हो ।’

इरानले यो आरोपलाई खण्डन गर्न धेरै समय लिएन । यसमा आफूलाई जानीजानी फसाइएको उसले बतायो ।

इरानका एक अधिकारीले भने, ‘कसैले इरान र अन्तरराष्ट्रिय समुदायबीचको सम्बन्ध खराब गर्ने कोसिस गरिरहेको छ ।’

अचम्मको घटनाक्रमः

पहिलो पटक हेर्दा अमेरिकी नौसेनाको तर्फबाट जारी गरिएको यो भिडियो ठोस् प्रमाणजस्तो लाग्छ । तर यसले विभिन्न प्रश्न तेर्साउँछन् ।

अमेरिकाका अनुसार यो भिडियो पहिलो बिस्फोट लगत्तै रेकर्ड गरिएको थियो जब इरानी क्रुले हमलाको प्रमाण मेटाउने कोसिस गरिरहेका थिए ।

तर हमलाबारे अहिले पनि धेरै कुरा अनुसन्धान हुन बाँकी छ । जस्तै, जहाजमा बिस्फोटक कहिले बाँधियो ।

यो इलाकामा अमेरिकी नौसेनाको निकै राम्रो उपस्थिती छ । यस्तोमा उनीहरुसँग त्यहाँको गोप्य सुचना प्राप्त गर्न निकै सहज पनि छ ।

कुनै शंका छैन, यो मामलामा थप जानकारी सार्वजनिक हुन बाँकी नै छ र दुई जहाजमा भएको क्षतीको फोरेनिसक अनुसन्धानपछि पनि थुप्रै प्रमाण भेटिनेछन् ।

यद्यपि, अमेरिकाको इरानमाथिको आरोप हालै भएको यी हमलासम्म मात्र सिमित छैन ।

पोम्पियोले भनेका थिए, ‘यो हमला अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष रुपमा खतरनाक छ । यो नौसंचालनको स्वतन्त्रतामाथि निर्मम हमलाजस्तै हो । यो इरानको तर्फबाट तनाव बढाउने अभियान हो जो कुनै पनि हालतमा स्विकार्य छैन ।’

यो निकै गम्भीर आरोप हो र यसले यो प्रश्न उब्जाउँछ कि अमेरिका यो मामलामा के गर्ने तयारीमा छ ?

ठोस् कुटनीतिक कारवाही एक तरिका हुनसक्छ । अन्तरराष्ट्रिय स्तरमा इरानको विरोध गरेर र अतिरिक्त आर्थिक प्रतिबन्ध लगाउन सकिन्छ ।

तर एउटा शंका यो पनि उठ्छ कि सायद यी प्रतिबन्ध नै अहिलेको स्थितीको कारण हुनसक्छ । इरानमाथि दबाब बढ्दो छ, सायद यो दबाब यति बढेको छ कि रिभोल्युशनरी गार्ड कर्प, जो आफूलाई स्वायत्त नौसेना बल भन्छ, उसले जवाफ दिने निर्णय गरेको छ ।

त्यसो भए अब के हुन्छ ? के अमेरिका कुनै प्रकारको जवाफी सैन्य कारवाही गर्ला ?

उसको खाडीका सहयोगी देश र टाढाका सहयोगी देशले कस्तो धारणा राख्लान् ? र सैन्य कारवाहीको परिणाम के होला ?

खतरनाक समयः

यदि इरानमाथि हमला गरियो भने एक प्रकारको ‘हाइब्रिड’ युद्ध सुरु हुन सक्छ । अर्थात्, उसले सानोतिनो हमलाका साथै जहाज र अन्य स्थानमा ठूला हमला गर्नसक्छ ।

साथै, तेलको मूल्य र बिमा प्रिमियम बढाउन सक्ला । योभन्दा बढी जवाफी कारवाही हुनसक्ला ।

यीमध्ये जे पनि हुनसक्छ । त्यसकारण इरान र अमेरिकामध्ये कसैले पनि पूर्ण युद्ध चाहन्छ भनेर कसैलाई पनि लाग्दैन ।

अमेरिकासँग शक्तिशाली सेना छ तर हावा र समुन्द्रमा इरानसँग लड्नु उनीहरुका लागि खतरनाक हुनसक्छ ।

राष्ट्रपति ट्रम्प अन्य देशसँग शीतयुद्ध त गरिरहेकै हुन्छन् तर उनीहरुविरुद्ध कुनै ठोस् सैन्य कारवाही अहिलेसम्म गरेका छैनन् ।

अमेरिकाले सिरियामा जुन हवाई हमला गर्यो त्यो पनि लगभग सांकेतिक मात्रै थियो ।

अब डर यो छ कि इरानले स्थितीको गलत अन्दाज लगाएर अमेरिकी प्रशासनलाई उसले कुनै पनि हालतमा जवाफी कारवाही गर्नुपर्छ भनेर कडा शब्दमा सन्देश दिइरहेको छ ।

त्यसकारण खतरा यो छ कि युद्ध योजना बनाएर त हुँदैन तर दुर्घटनावश पक्कै हुनसक्छ ।

इरान र अमेरिकाले सांकेतिक रुपमा एकअर्कालाई आफ्नो कुरा त भनिरहेका छन् तर उनीहरुले एक अर्काको सन्देश सही तरिकाले पाइरहेका छैनन् ।

इरानले सोच्न सक्छ कि अमेरिकाले उसलाई डर देखाउनका लागि क्षेत्रमा आफ्नो प्रभाव बढाइरहेको छ । र उ यसलाई स्विकार गर्न तयार छैन ।

यस्तो हुनसक्छ कि इरानी रिभोल्युशनरी गार्ड कर्पले यी संकेतलाई गलत तरिकाले बुझिरहेको छ ।

इरानलाई लाग्न सक्छ कि उनीहरुको शक्तिको परीक्षा लिने कोसिस भइरहेको छ ।

फ्रान्स र जर्मनीजस्ता अमेरिकाका थुप्रै सहयोगीले सावधानी अपनाउन सुझाव दिइसकेका छन् ।

ब्रिटेनका विदेशमन्त्रीले ब्रिटेनले अमेरिकालाई विश्वास गर्ने तर आफूले आफ्नो स्तरबाट पनि घटनालाई नियाल्ने बताइसकेका छन् ।

उनले बीबीसीसँग भने, ‘हामी आफ्नो स्वतन्त्र आँकलन आफैं गर्नेछौं । यसका लागि हाम्रो आफ्नै तरिका छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप